कावासोतीदेखी नारायणगढको भाडा १०१ रुपैयाँ (सवारी साधनको भाडा सूचीसहित)
सरकारले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुबाहक तथा मालवाहक सवारीको भाडादर पुनः वृद्धि गरेको छ ।
बढेको भाडा अनुसार अब नारायणगढदेखी कावासोती बजारसम्म ३६ किलोमिटरको १०१ रुपैयाँ कायम गरिएको छ । त्यस्तै कावासोती बजारदेखी भण्डारासम्म ६२ किलोमिटरको १८१ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै बुटवलदेखी नारायणगढसम्म ११४ किलोमिटरको ३३० रुपैयाँ रहेको छ । स्तरीय डिलक्समा भने तोकिएको भाडामा २० प्रतिशत थप लाग्ने जनाईएको छ ।
यसअघि भाडा बढेको एक सातामै पुनः भाडादर वृद्धि भएको हो । यात्रुवाहक सवारीसाधनमा २.१ प्रतिशत भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २.७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ३ प्रतिशत भाडा बढाइएको छ ।
BL.final.2079.02.0९अन्तरप्रदेशभाडादर2022-05-24_05-00-07-530