जनताको पक्षमा काम गर्ने बर्दघाट नगर उपप्रमुखको प्रतिबद्धता





पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका -४ निवासी रुद्र प्रकाश उपाध्यायले सामाजिक ब्यक्तित्वको साथै तथा सहकारी अभियन्ताको रुपमा आफुलाई उभ्याउदै आउनुभएको छ । तुलनात्मक रुपले आफ्नो नगरवासी माझ स्वच्छ छविका रुपमा परिचित उहाँ नेकपा (माओवादी केन्द्र)का नेता समेत रहनुभएको छ । बिगत देखि नै स्थानीय रुपमा खानेपानी, बजार समिति तथा सहकारीको नेतृत्व गर्दै आउनुभएको उहाँ ब्यवसायिक ब्यक्तित्व समेत हुनुहुन्छ । उपाध्याय अहिले सत्तारुढ गठबन्धनको तर्फबाट बर्दघाट नगरपालिकाको उपप्रमुखको रुपमा बिजयी हुनुभएको छ । प्रकाश विप्लवीका नामले साहित्यिक फाँटमा समेत पहिचान बनाउनु भएका उपाध्याय सार्वजनिक जग्गा संरक्षणमा समेत लाग्दै आउनुभएको छ । प्रस्तुत छ उहाँसंग पत्रकार रवि पाण्डेयले गर्नुभएको कुराकानी ।

 

(१) उपप्रमुखको हैसियतबाट भन्नु पर्दा यहाँकोे प्राथमिकताहरु के के हुन्छन् ?




– पहिलो प्राथमिकता मेयर पदमा बिजयी हुनुभएका आदरणीय शम्भुलाल श्रेष्ठलाई नजिकबाट सहयोग गर्ने भुमिका हुन्छ । दोस्रो उपमेयरका लागि कानुनले र्निदृष्ट गरेका, निर्देशिका र स्थानीय शासन ऐनले ब्यवस्था गरेका, अधिकारलाई जनताको हितमा प्रयोग गर्ने लागु गर्न प्रयासरत हुनेछु । खासगरी न्यायिक समितिको संयोजकको नाताले अन्यायमा परेका आम जनमानसलाई न्याय दिलाउने मेरो भुमिका हुन्छ ।

 

२) कानुनले उपमेयरलाई धेरै नै अधिकार दिएको छ । यद्धपि प्राक्टिसमा उप मेयर पद कामकाजी जस्तो नभएर पेन्डुलम जस्तो हुने गरेको छ । यसलाई कसरी लिनुहुन्छ ?

– यसमा दुईवटा कुरा संगसंगै हुन्छ । पहिलो ः एक प्रमुखले पनि उप प्रमुखसंग पनि सहयोग लिनुपर्छ भन्ने कुरा महसुस नगरेको हकमा त्यस्तो हुनसक्छ । दोस्रोः उप प्रमुखसंग काम गर्नुपर्छ भन्ने ईच्छाशक्ति, जागरुकता र क्षमताको कमीले कारणले त्यस्तो हुनसक्छ । म दुईवटै कुरामा म टाढा छु जस्तो लाग्छ । म उप प्रमुखको काम कर्तब्य र अधिकार प्रति पनि उतिकै सचेत छु ।

 

३) उप प्रमुखलाई न्यायको क्षेत्रमा मात्र नभएर सामाजिक सुरक्षाको क्षेत्रमा पनि धेरै अधिकार हुन्छ । त्यसमा तपाईले कसरी नौलोपन ल्याउनुहुन्छ ?

– हो । उपमेयरलाई न्यायिक क्षेत्र बाहेक संघसंस्थालाई निर्देशन र समन्वय गर्ने सम्मका अधिकार छ । संघसंस्था र संघसंस्थाका नेतृत्वले निःस्वार्थ स्वयसेवीका रुपमा योगदान गरिरहनुभएको छ । मैले हिजो देखि नै सामाजिक क्षेत्रको नेतृत्व गर्दै आएको हुनाले उहाँहरुका दुःख कष्ट संग परिचित भएको नाताले उहाँहरुसंग समन्वय गर्ने, परिचालन गर्ने र उहाँहरुको अनुभव र क्षमतालाई जनताको पक्षमा सदुपयोग योजना निर्माण गर्नेछु । साथै महिला र बालबालिका मात्र नभई महिलाहरुका उत्साह र संगठनलाई , बालबालिकाहरुका उर्जा र जेष्ठ नागरिक अनुभवलाई समाज विकासमा लगाउने हाम्रो ध्यान दृष्टि छ ।

 

४) अहिले देशैभर महिला हिंसा तथा बाल अधिकार हनन्का घटना बढिरहेका छन् । यहाँ जनयुद्धबाट आएको नेतृत्व समेत हुनुहुन्छ । न्यायिक क्षेत्रबाट यस्ता घटनालाई कसरी सम्बोधन गर्नुहुन्छ ?
– बलात्कारका घटना फौजदारी अभियोगमा भित्र पर्छ । त्यसको अधिकार न्यायिक समितिलाई हुदैन । तर हिंसामा परेका ,अन्यायमा परेका परिवारहरुको संरक्षक रक्षा गर्ने, उहाँहरुलाई सुरक्षा प्रदान गर्ने र उहाँहरुको सहयोगमा, सर्पोटमा नगरपालिका छ भन्ने प्रत्याभुति दिने काम गर्नेछौ ।

 

५) न्यायिक समितिमा फर्छयौट हुन नसकेका मुद्धाहरुलाई कसरी फर्छर्यौट गर्ने सोच बनाउनुभएको छ ?
– मैले त्यो मुद्धाहरुका फाइल हेरिसकेको छैन । ती मुद्धा बढी अफ्ठयारा भएका कारणले फर्छयौट नभएको पनि हुन सक्छन् । मुद्धाहरु समय अभावका कारण, कर्मचारी र न्यायिक समितिको नेतृत्व सक्षम हुदाँ हुदै पनि फर्छयौट हुन नसकेको हुनसक्छ । त्यसका कारणहरु खोजेर ती मुद्धाहरुलाई हल गरेर जाने प्रयत्न रहन्छ ।

 

६) तपाई उप प्रमुख भएको नाताले धेरै समितिहरुको नेतृत्व यहाँले गर्न पाउनुहुन्छ । विकास निर्माणको अनुगमन र उपभोक्ता हित संरक्षणका क्षेत्रमा कसरी अगाडि बढ्नुहुन्छ ?
– पहिलो कुरा यसमा निःस्वार्थ रुपले, कुनै खराब नियत नराखेर काम गर्दै जाने हो । त्यसमा मलाई लाग्छ , सम्बन्धित क्षेत्रका धेरै जानकार साथीहरुको सहयोगको अपेक्षा छ । उहाँहरुसंग सहयोग लिएर काम गर्ने हो । एक्लै गर्ने कुरा पनि होइन । उपमेयर भएको नाताले उहाँहरुसंग सहयोग लिने वातावरण मैले निर्माण गर्छु । विकास निर्माण अनुगमनको सन्र्दभमा हामीले दिगो तथा गुणस्तरीय विकासमा प्रेरित गर्नेछौ । यसमा पहिला त कर्मचारीहरुलाई सचेत र सजग गराउने कुरा रहन्छ । साथै निर्माण ब्यवसायीहरु र उपभोक्ताहरुलाई दिगो तथा गुणस्तरीय विकासमा उहाँहरुलाई सहजीकरण गर्छौ । ब्यवसायिक क्षेत्रमा हुने केही उपभोक्ता हित संरक्षणका बिपरित हुने क्रियाकलापमा संलग्न ब्यक्ति तथा ब्यवसायीहरुलाई मर्यादित ब्यवसाय गर्न प्रेरित गर्ने, सुचित गर्ने, सचेत गर्ने र आवश्यक परे कारवाहीको लागि सिफारिस वा कारवाही अगाडि बढाउदाँ आम उपभोक्ता र नागरिकहरुको सहयोग सर्मथन आउनेछ त्यसबाट हामीलाई काम गर्न सहज हुनेछ ।

 

७) विकास निर्माणको अनुगमनका साथै बजार अनुगमनको क्रममा तपाईहरुकै आफ्ना मतदाताहरु तथा समर्थक नेता कार्यकर्ता रुष्ट हुने र भड्किने समस्या आउने गर्छ । यसलाई कसरी डिल गर्नुहुन्छ ?
– हाम्रो मुख्य उद्धेश्य, जुन सुकै काम न्यायिक तरिकाले हुनुपर्छ भन्ने हो । त्यो मान्यतामा हामी अडिग छौ। चाहे त्यो विकास काम होस या सेवाका काम होस् ठिक ढंगले हुनुपर्छ भन्ने हाम्रो उद्धेश्य छ । चाहे त्यो मतदाता होस वा नहोस नगरपालिकाको पदाधिकारीहरुका ध्येयलाई उहाँहरुले पकडेर जानुहुन्छ भन्ने लाग्छ । त्यो भन्दा बाहिर जानेहरुलाई हामी सम्झाउनेछौ , बुझाउनेछौ । असल काम र विकास सबैको चाहना भएकोले त्यसको विपरित कोही जानुहुने छैन ।

 

८) विकासकै कुरा गर्दा असारे विकासलाई प्रेरित गर्ने पुरानो प्रचलनलाई कसरी हेर्नुभएको छ ?
– हाम्रो मातहतका योजनाका काम समयमै गर्नेछौ । विभिन्न कारणले ढिलो गरेर बजेट आउने र धेरै प्रक्रिया लाग्ने संघीय र प्रदेशका योजनाका बारे हामी केही गर्न सक्दैनौ । हामीले समयमै हाम्रा योजना समयमै शुरु गर्ने र सम्पन्न प्रयत्न रहन्छ ।

 

९) तपाईले पहिले देखि नै सुशासनका बारेमा निकै प्रश्न गर्दै पनि आउनुभयो । आज उप प्रमुखमा निर्वाचित हुनुभएको छ । सुशासनको क्षेत्रमा हिजो भन्दा नयाँ काम के सोच्नुभएको छ ? साथै त्यसमा तपाईको टिमलाई कर्मचारी पंक्तिले सहयोग गर्ला ?
– हामीलाई कर्मचारी पंक्तिले सहयोग गर्नेमा हामी पुणर् विश्वस्त छौ । पहिलो कुरा ः नगरपालिका एउटा संगठन हो । नगरपालिका भित्र जनप्रतिनिधि र कर्मचारीहरु मिलेर मात्र काम सम्पन्न गर्न सकिन्छ । त्यो हामीले महसुस गरेका छौ । उहाँहरु पनि केही नयाँ गर्ने, फरक गर्ने अभिलाषा सहित जागिरमा आउनुभएको छ । काम गर्ने वातावरण बनाउने हाम्रो दायित्व हो । हामीले वातावरण बनायौ भने उहाँहरुले इमान्दारी पुर्वक काम गर्नु हुनेछ । वातावरण हुदाँ हुदै पनि जसले त्यो क्राइटएरिया अनुसार काम गर्नुहुन्न । जो चाँहि त्यो क्राइटएरिया भन्दा उहाँहरु बाहिर जानुहुन्छ । उहाँहरुलाई सचेत गराउने कुरा पनि हामीले गर्छौ ।

 

१०) कर्मचारीहरुले परम्परागत रुपमा काम गर्ने र ढिला सुस्तीलाई बढावा दिने , बेला मौका यस्ता गुनासो आउने गरेका छन् ? त्यसलाई हटाउन के गर्नुहुन्छ ?
-जहाँ जो संग समस्या हो । त्यो त्यति बाट हल हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । सबै कर्मचारी एउटै खालका हुदैनन् । जुन फाँटका कर्मचारी संग त्यसका खाल कमजोरी छ । उहाँलाई हामी सचेत गर्छौ । उहाँहरुको त्यो कारणहरुको जरो सम्म पुगेर पत्ता लगाउछौ । कुनै फ्रस्टेसनको कारण त्यस्तो भएको हुन सक्छ । त्यसको हल गरेर उहाँहरुलाई काम प्रति प्रेरित गर्छौ । जो मान्नु हुन्न त्यसको त्यही अनुसार अगाडि बढ्छौ । जो टिम स्प्रीडका साथ आउनुहुन्छ उहाँहरुलाई हाम्रो साथ रहन्छ । कुनै समस्या त्यस्ता हुदैनन जसको समाधान नहोस् ।

 

११) केही फरक प्रसंग । तपाई कृषि तथा ब्यवसायिक ब्यक्तित्व पनि हो । तपाईलाई कृषकले टमाटर फालेको आन्दोलनमा जोडेर समेत हेर्ने गरिएको छ । नगरमा उत्पादित कृषि उपजले बजार नपाएको गुनासो छ ? उप प्रमुखको तर्फबाट के भन्न चाहनुहुन्छ ?
-पहिलो कुरा हामीले नगरपालिकामा तथ्याँक मागेका छौ । उपभोक्तालाई आवश्यक सामाग्री कति हो ? उत्पादन कति हो ? भन्ने तथ्याँक मागेका छौ । काम गर्न तथ्याँक आवश्यक हुन्छ । बजारीकरणका लागि सहकारीहरुलाई जोडेर जाने हाम्रो योजना छ । किसानहरुलाई बढी भन्दा बढी उत्पादनमा जोड्छौ । जति उत्पादन गर्नु हुन्छ त्यसको हामीले बजारीकरणको ग्यारेण्टी गर्छौ । उत्पादन लागतका आधारमा कार्यक्रम तयारी गर्छौ । संबिधानमै उल्लेख भए अनुसार तीन खम्बे अर्थ नीति अबलम्बन गर्छौ । एउटा पक्ष समाबेश गर्दा अर्को पक्षलाई छोड्ने हामी गर्दैनौ ।

 

१२) नगरले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राख्दै आएको छ ? एउटालाई प्राथमिकतामा राख्दाँ अर्को छुट्ने समस्या हुन्छ ? त्यसको तालमेल कसरी गर्नुहुन्छ ?
– त्यस्तो वास्तवमा हुदैन् । यो तीनवटा मात्र होइन । काम गर्नुपर्ने बिषय धेरै छन् । अपेक्षा र प्राथमिकताहरु धेरै हुन्छन् । हामीले कृषिलाई दुईवटा कुरा जोडेका छौ । एउटा उत्पादन र अर्को रोजगारी सिर्जनासंग हामीले यसलाई जोडेका छौ । यसमा रोजगार र स्वरोजगार पनि जोडिएको हुन्छ । त्यस्तै शिक्षा हाम्रो आवश्यकता हो । यो दीर्घकालीन हुन्छ । यो नागरिकको नैर्सगिक अधिकारको बिषय हो । स्वास्थ्य जीवनको सबै भन्दा महत्वपुणर् पाटो हो । स्वास्थ्य कै कारणले समाज र परिवारमा अफ्ठयारो पार्ने हुन्छ । हाम्रो परिपेक्ष्यमा स्वास्थ्य महंगो पनि छ । त्यसमा हामीले आधारभुत स्वास्थ्यको कुरा यही तरिकाले ब्यवस्थापन गर्न सक्यौ र बेलैमा ब्यक्तिहरुलाई सचेत गराउन सक्यौ भने धेरै समस्या हल हुन्छन् ।

 

१३) नयाँ जनप्रतिनिधि आएपछि सामुदायिक बिद्यालयको ब्यवस्थापन समितिमा आफ्ना आसेपासे भर्ती गर्ने देशैभर त्यो स्थिति छ । ब्यवस्थापन समितिको सवालमा तपाईहरुको नीति के छ ?
– हामीले जसको सवाल हो उसैसंग हल खोज्ने तरिका अबलम्बन गर्छौ । अर्थात बिद्यालयको सबालमा बिद्यालयबाटै हल खोज्ने हो । केही ऐनमा पनि कुरा उठेको छ । खास गरेर बिद्यालयको अभिभावक शिक्षक, त्यहाँको प्रधानाध्यापक र आवश्यकता अनुसार बिद्यार्थीहरुसंगै बसेर समाधान खोज्ने हो । त्यसैले कोही काखा पाखा हुदैन् । जसले सकारात्मक ढंगले काम गर्छ उही हाम्रो आसेपासे हुन्छ । जसले काम गर्दैन त्यो जति सुकै नजिकको ब्यक्ति भएपनि उसलाई हामीले प्रोत्साहित गर्दैनौं
१४) रोजगार प्रबद्र्धनमा तपाईको टिमले के सोचेको छ ?
-रोजगार प्रर्वद्धन कुरा गर्दा मुख्य कृषिबाट रोजगार प्रबद्र्धन गर्ने हाम्रो लक्ष्य हो । दोस्रो पर्यटनबाट समेत रोजगार प्रर्बद्धन गर्छौ । यहाँ ऐतिहासिक बुद्धमंगल र कंचनगढी जस्ता पर्यटकीयस्थल पनि छ । त्यो हाम्रो सौभाग्य पनि हो । हामीले बुद्धमंगल ताल क्षेत्रलाई बुद्धसर्किट संग जोड्नेछौ । नजिकै दाउन्ने पनि छ । त्यति मात्र होइन हाम्रो नगर नजिकै निकुन्ज हुनाले त्यहाँ पाइने कतिपय महत्वपुणर् जीव जनावर यहाँ पनि पाइने भएकोले त्यस्ता जनावर यतै देखिने वातारण बनाउन सक्छौ । धेरै मान्छेहरु त्यसबाट रोजगार स्वरोजगार बन्न सक्छन् ।

 

१५) पर्यटनको पूर्वाधार बनाउदाँ धेरै लगानी हुने र त्यसको परिणाम तत्काल नदेखिने हुदाँ राज्यको दायित्व मात्र बढेको देखिन्छ । यसमा के भन्नुहुन्छ ?
– विकास निर्माणको योजनामा निश्चित मान्छेहरु सहभागी हुने र बजेट बिनियोजन गरेर भौतिक पुर्वाधारको काम गर्ने र नजिकका समुदायको राय सुझाव नलिने गरिएकोले त्यस्तो हुन गएको हो । त्यसबाट प्रभावित हुने समुदायसंग सहकार्य नगरेको कारण यो ओझेलमा पर्दै गएको हामीले ठानेकाछौ । कुनै स्टार होटलमा बसेर योजना बनाएको अभ्यासका कारण त्यसको प्रभाव परेको छ । हामी सरोकारवालाहरुसंगै जसको सवाल हो त्यही ब्यक्ति समाज त्यही परिवारसंग छलफल गरेर त्यहाँ आवश्यक विकासको प्रत्याभुति गर्नेछौ । त्यसले धेरै आर्थिक सामाजिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्नैछ । त्यसको समग्र विकास हुन्छ ।

 

१६) नगरमा भएका तालिम तथा अभिमुखीकरण कार्यक्रमहरु नगर भित्रकै सरोकारवाला संघसंस्थाहरुले गर्न पाउने अवस्था छैन । बिधिका नाममा केही लिस्टेड कन्सल्टेन्सीबाट गर्ने प्रबृति छ । सरोकारवालाको यो गुनासोलाई कसरी लिनुहुन्छ ?
– त्यो बिधि चिर्न सकिन्छ । बिल्कुल सकिन्छ । त्यस्तै हामीले केही खराब लागेका र असल नलागेका यस्ता बिधिहरु चिर्नकै निम्ति बदल्नकै निम्ति हाम्रो आगमन हो । हाम्रो उपस्थिति भएको हो । हामी त्यस्ता खराब बिधिहरु बदल्नेछौ । असल लागेका बिधिका अनुभवबाट पाठ सिकेर अगाडि बढ्नेछौ । अहिले तालिमका लागि तालिम पनि हुने गरेका छन् । रिर्पोटका लागि मात्रै पनि तालिम संचालन हुदैछन् । अब त्यस्तो तालिम हुदैन । कामका लागि तालिम शिपका लागि तालिम र तालिम पछि काम गर्ने हुने गरी योजना ल्याउछौ ।

 

१७) बर्दघाट नगरले केही कार्यबिधिहरु बनाएको छ । तपाईहरुले नयाँ केही कार्यबिधि ल्याउने तयारीमा हुनुहुन्छ ?
– त्यो बारेमा हामीले छलफलमा गइसकेका छैनौ । कर्मचारी बृतसंग छलफल गर्छौ र बस्छौ । हामी बाहिरबाट अनुमान गर्न भन्दा पनि ऐन तथा कार्यबिधि कार्यान्वयन भए/नभएको उहाँहरुसंगै छलफल गर्छौ ।

 

१८) पहिलो निणर्यमा जनयुद्धका शहिद तथा बेपत्ता परिवारको सम्मान हुने गरी योजना ल्याउनुभयो । त्यो तीनवटा निणर्यमा विपन्नलाई बैकल्पिक उर्जा दिने निणर्य पनि छ । अहिले चोक चोकमा बिजुली बत्ती बिग्रिएका छन् त्यसबारे के भन्नुहुन्छ ?
– पहिलो निणर्यले जनयुद्धमा प्रभावित भएका परिवारजनलाई सम्मान स्वरुप स्मरण गरिएको हो । यो राहत वा यस्तो केही होइन । राज्य र बिद्रोही पक्ष भएका घटनालाई ताजा गर्ने सन्देश यस दिन्छ भन्ने हाम्रो धारणा छ । दोस्रो बर्दघाट-२ मा बिजुली बिहिन भएका परिवार लक्षित गरेर बैकल्पिक उर्जाको निणर्य गरिएको छ । तराई मधेशमा पनि बिजुलीको समस्या भएका ठाँउ छन् । मुख्यतः बिद्युतबाट नै हल गर्ने हाम्रो योजना छ । बिगतमा भएका सोलार प्लान्ट बारे जगजाहेर छ । हामी बार्षिक बजेटमा त्यो मर्मतको योजना बनाउछो । तेस्रो स्वास्थ्यलाई मध्यनजर गर्दै सामुदायिक बिद्यालयमा शुद्ध खानेपानी लागि फिल्टर प्लान्ट जडान गर्ने योजना छ ।

 

१९) संस्थागत बिद्यालयको भर्ना तथा मासिक शुल्कलाई नियमन गर्ने के योजना छ ?
-बर्दघाट नगरपालिकामा शिक्षा ऐन कार्यान्वयनमा छ । त्यसमा केही समस्या भयो भने ऐन संशोधन गर्दै जानेछौ । ऐनको मातहतमा रहेर सबै चल्नु जरुरी हुन्छ । सामुदायिक र संस्थागत बिद्यालयलाई न्यायको हिसाबले समान रुपले हेर्छौ । ऐन कार्यान्वयनका हिसाबले पनि उहाँसंग ईमान्दारीप्ुणर् कार्यान्वयनको अपेक्षा गरेका छौ ।

 

२०) भुमिहीन, सुकुम्बासी तथा अब्यवस्थित बसोबासीलाई कसरी सम्बोधन गर्नु नगरको योजना छ ?
-हामी भुमिहीन, सुकुम्बासीको मर्कासंग, मर्मसंग धेरै नजिक छौ । यो समस्या सधै राखिरहनु हुदैन भन्ने हाम्रो बुझाई हो । यो संबिधानले समेत ब्यवस्था गरेको छ । पहिलो सरकारले नेपालमा अब सुकुम्बासीहरुलाई घरघडेरीको ब्यवस्था गर्ने निणर्य गरेको थियो । बिगतका सरकारहरुले त्यो गर्न सकेनन् । आयोगहरु गठन र बिघटन हुने भइरहेका छन् । हामी भुमि आयोग मार्फत ती सुकुम्बासीहरुका समस्या समाधान गर्ने बचनबद्धता गरेका छौ र त्यो गर्छौ । आयोगमार्फत ढिलो हुने भयो भने नगरपालिका मार्फत हामीले उहाँहरुलाई अस्थायी निस्सा दिने वा बसोबासी प्रमाणित गर्छौ । के कुरा कानुनले हामीलाई दिएको छ । त्यो कानुनमा टेकेर उहाँहरुको स्थायीत्वको प्रत्याभुति दिने ब्यवस्था गर्नेछौ ।

२१) र अन्त्यमा नगरवासीलाई के भन्न चाहनुहुन्छ ?
हामीलाई मतदान गरेर बिजयी गराउनुभयो । निर्वाचन सफल बनाउनुभयो । त्यस प्रति धन्यवाद तथा आभार ब्यक्त गर्न चाहन्छौ । हामी प्रति नगरवासीले सकारात्मक परिर्वतनको आशा गरेको हामीले महसुस गरेका छौ । हामी त्यो सकारात्मक परिर्वतनको निम्ति एउटा समन्वयकर्ताको भुमिका बलियो गरि निर्वाह गर्नछौ । त्यो प्रतिबद्धता हामी दोहोर्‍याउन चाहन्छौ । हामीलाई सचेत गराउने, सजग बनाउने, सुझाव दिने र आवश्यक पर्दा खबरदारी गर्नुहुनेछ भन्नेमा आशावादी छौ । तपाईहरुको साथले हामी एउटा राजनैतिक उचाईमा पुगेका छौ । हामी सबै मिलेर नगरको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था बदल्न र नगरपालिकालाई समुन्नत नगरपालिकाको रुपमा विकास गर्न साथ सहयोग र सर्मथनको अपेक्षा गर्दछौ ।




सम्बन्धित
Loading...