हजुरआमालाई मा’रेर स्कुल पुगे, गो’ली हा’नेर १८ जना बालबालिका र शिक्षिकालाई मा’रे


काठमाडौं । अमेरिकाको टेक्सासको एक प्राथमिक विद्यालयमा गो’ली चल्दा १८ बालबालिका र एक शिक्षिकाको मृ’त्यु भएको छ । १८ वर्षीय संदिग्ध बन्दुकधारी साल्भाडोर रामोसले उभाल्डे सहरको रोब एलिमेन्टरी स्कूलमा उक्त घटना गराएका थिए । का’नुनी निकायको कारबाहीमा उनको मृ’त्यु भएको हो ।




स्थानीय सञ्चारमाध्यमले रिपोर्ट गरेअनुसार आ’क्रमणकारी सोही क्षेत्रमा उच्च माध्यमिक विद्यालयका विद्यार्थी थिए भन्ने अनुमान गरिएको छ। उनले दुईवटा मिलिटरी ग्रेड राइफल किनेका थिए र स्कूल आउनुअघि हजुरआमाको हत्या गरेका थिए।विद्यालयको क्याम्पस भित्रका अव”रोधहरू तो’ड्दै उनी कार लिएर स्किलभित्र छिरेका थिए र बुलेटप्रुफ ज्याकेट लगाएर कक्षामा प्रवेश गरेका थिए।

यसलाई सन् २०१२ यता विद्यालयमा भएको सबैभन्दा नराम्रो गोलीकाण्डको रूपमा वर्णन गरिएको छ। सन् २०१२ मा कनेक्टिकटको स्यान्डी हुकको एउटा प्राथमिक विद्यालयमा भएको आक्रमणमा २० बालबालिका र छ जना कर्मचारीको ‘मृत्यु भएको थियो।सीबीएसका अनुसार संदिग्धसँग एउटा ह्या’न्डगन, एआर-१५ सेमी-अटोमेटिक रा’इफ’ल र धेरै म्यागजिनहरू थिए।




उभाल्डे कन्सोलिडेटेड इन्डिपेन्डेन्ट स्कुल डिस्ट्रिक्ट प्रहरी प्रमुख पीट अर्डोडोनले स्थानीय समय अनुसार राति ११:३० बजे गोली हा’नाहा’न सुरु भएको बताए । अनुसन्धानकर्ताहरू विश्वास गर्छन् कि आक्रमणकारीले यो जघन्य अपराध एक्लै गरेका थिए ।

उभाल्डे कन्सोलिडेटेड इन्डिपेन्डेन्ट स्कुल डिस्ट्रिक्ट डाउनटाउन सान एन्टोनियोबाट लगभग १३५ किलोमिटर टाढा छ। विद्यालयबाट विद्यार्थीहरू ह’टाइएका छन् । करिब ५ सय बालबालिका यसमा अध्ययनरत रहेको बीबीसीले जनाएको छ ।स्थानीय अस्पतालहरूले विद्यालयका विद्यार्थीहरूको आकस्मिक सेवाबाट उपचार भइरहेको जानकारी दिएका छन्। ६६ वर्षीया महिला र १० वर्षीया बालिकाको अवस्था चिन्ताजनक रहेको विश्वविद्यालय स्वास्थ्य अस्पतालका अधिकारीहरूले बताएका छन् ।

 




सम्बन्धित
Loading...