ad

अनेरास्ववियुका नेताहरू रिहा

60




पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दा पक्राउ परेका अनेरास्ववियुका नेताहरू रिहा भएका छन् ।

 




 हेटौंडामै बिहीबार मकवानपुर बहुमुखी क्याम्पस अगाडि सडकमा सरकारी सवारीलाई आवतजावतमा रोक लगाउने क्रममा पक्राउ परेका विद्यार्थी नेताहरू रिहा भएका हुन् ।

 

अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेल, जिल्ला उपाध्यक्ष भुवन मैनाली, जिल्ला सचिव पुष्कर तिमल्सिना र युवा संघका रजकुमार घिमिरे पक्राउ परेका थिए । 

 

मूल्यवृद्धिविरुद्धको अनेरास्ववियुको कार्यक्रमअन्तर्गत जिल्लामा सरकारी सवारीहरूलाई आवतजावतमा रोक लगाउनले क्रममा उनीहरू पक्राउ परेका थिए ।

 

उनीहरूले सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म अनेरास्ववियुले विभिन्न चरणबद्ध रूपमा आन्दोलनको कार्यक्रम जारी राख्ने चेतावनी दिएका छन् ।



सम्बन्धित
Loading...
error: Content is protected !!