ad

काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट एक जनाको मृत्यु

59

काठमाडौं, १२ जेठ ।




काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर चोकस्थित सडकमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक रामेछाप गोकुलगंगा गाउँपालिका १ का ३७ वर्षीय आशा बहादुर नेवारको मृत्यु भएको हो।




बा २ ख ६१२१ नम्बरको बसले बा ८९ प ९०२४ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

 



सम्बन्धित
Loading...
error: Content is protected !!