समता स्कूल कावासोतीको नयाँ भवन शिलान्यास





नवलपुर । नवलपुरको कावासोतीमा रहेको समता शिक्षा निकेतनको नयाँ भवनको शिलान्यास गरिएको छ । भवनको कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु भुसालले शिलान्यास गरेका हुन् ।

७० लाखको लागतमा निर्माण हुने २५ कोठा २ वर्ष भित्रमा निर्माण सकिने गरी शिलान्यास गरिएको समता शिक्षा निकेतन कावासोतीका प्रिन्सिपल महेश भुर्तेलले बताए ।




भवन कावासोती ३ मा शिलान्यास गरिएको हो । अहिले उक्त विद्यालय कावासोती २ मा सञ्चालनमा रहेको छ ।

समता शिक्षा निकेतनले विगत २१ वर्षदेखि देशका सबै जिल्लामा मासिक १०० मा अङ्ग्रेजी माध्यममा विद्यार्थीलाई पढाउँदै आएको छ ।

नेपालका ७७ जिल्लाका ८० स्थानमा समता शिक्षा निकेतन स्कुल सञ्चालनमा छन् । विहिबार भवन शिलान्याससँगै पुस्कार वितरण कार्यक्रम पनि राखिएको थियो ।

कार्यक्रममा कावासोती नगरपालिकाका नगरउपप्रमुख फूलकुमारी थनेत, शिक्षा तथा समन्वय समिति नवलपुरका प्रमखु कृष्णचन्द्र नेपाल, कावासोती ३ का वडाध्यक्ष डोरमान गिरी, नगरपालिका शिक्षा शाखाका प्रमुख एवम प्रतिनिधि, विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।




सम्बन्धित
Loading...