धरानका मेयर हर्क साम्पाङ चोक चोकमा झाड़ू बोकेर फोहोर टिप्दै !
धरान / धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर हर्कराज राई (साम्पाङ) ले धरानबासीलाई आफ्नो सरसफाई सँगै सडकको सरसफाईमा पनि ध्यान दिन आग्रह गरेका छन् ।
विहिवार धरानको भानुचोकमा गुड्का खाएर जथाभावी नफाल्न, चुरोटको टुक्रा नफाल्न र प्रत्येक व्यापारीलाई पसल अगाडी डस्बिन राख्न पनि आग्रह गरेका छन् । स्थानीय निर्वाचनका नव निर्वाचितहरु जनप्रतिनिधीहरु खदा माला लगाउन, चुवानमा सहयोग गर्नेलाई मिठो मसिनो खुवाउने लगायत संस्थागत सम्मानमा व्यस्त छन् । धरानका मेयर सामाजिक अभियान्ता भनेर चिनिदै आएका साम्पाङ भने पदभार गरेको भोली पल्ट खानेपानीको अवस्था बुझ्न मुहानमा गएका थिए भने पर्सि पल्ट सरसफाईको सुरुवात भानुचोकबाट आफैले गरेका हुन् ।
मेयर साम्पाङलले बेलुका साँझपख फेसबुकमा पोस्ट गरेर उनले भानुचोकमा ३ बजे सफा गर्ने झाडु बोकेर आउन आग्रह गरेका थिए । उनलाई सहयोग गर्नु बैंकका कर्मचारी, सहकारीका कर्मचारी, सामाजिक संस्था सेवक अभियान धरानको समूह र अन्य स्वतन्त्र युवाहरुले सहयोग गरेका थिए ।
मेयर साम्पाङले भने मानविय चेतनको स्तरबाट सरसफाई सुरु भयो भोलीका दिनमा यही कानुन बन्छ । परिवर्तन एकै दिनमा त हुँदैन हामी प्रयास जारी राख्छौ । हामीले आज २ वटा डस्बिन पनि राखेका छौ सबै व्यापारीहरुलाई पसल अगाडी डस्बिन राख्नु आग्रह गछौ । जथाभावी फोहोर फाल्नेलाई कारबाही पनि गछौ । हाम्रो धरान हामी आफै बनाउँछौ ।
ढाकाटोपी लगाएर सर्ट प्यान्टमा आएका मेयरले ग्लब्स लगायत कुहिने नकुहिने फोहोर टिप्दै झाडु लगाएर सरसफाइको सबक सिकाएका छन्। मेयर आफै फोहोर टिपेको देखेपछि व्यापारी पनि लञ्जित बनेका दृश्य पनि देख्नु सकिन्थ्यो ।
मनिता कटुवालले भनिन सम्भवता धरानमा मेयर यसरी आफै सरसफाई गर्दे हिडेको पहिलो पटक देखेको बताउँछिन् । ठुला परिवर्तन खोजेर हुँदैन । आजको सानो परिवर्तनले भोली ठुलो परिणाम दिन्छ । यस्तै, बोल्ने भन्दा पनि काम गर्ने मान्छे धरानले मेयर पाएकोमा आफू खुसी भएको यस्तै समाजसेवी निश्चल पलिखे बताउँछन्।
रबिन राईले भने हर्क सरले मात्र धरान बनाएर हुँदैनु तपाईहरु सबैजना लाग्नुहोस् भानुचोकमा यात्रुहरु बसबाट झर्नुसाथ फोहोर देख्दा धरानको जनतामा प्रश्न उठ्छ । यो उनले निर्देशन लिनु भएको भए पनि हुन्थ्यो तर, आफै सफा गर्नु आउनु भयो तयो नै सबैले सिक्नु पर्ने कुरा हो ।