देवचुलीको कार्यपालिकामा सदस्यमा एमालेका प्यानल विजयी, काँग्रेसले गर्यो एक भोट क्रस



नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा आज भएको कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

 

नेकपा एमाले र नेपाली काँग्रेसले प्यानल नै उम्मेदवारी दिएको भए पनि यहाँ बहुमत एमाले सदस्य निर्वाचित भएका कारण एमालेको प्यानल नै विजयी भएको हो ।

 



१७ वटा वडा रहेको देवचुली नगरपालिकामा ७८ जनप्रतिनिधि निर्वाचित भएकोमा एमालेको ६४, काँग्रेस २२ र माओवादी केन्द्रका एक जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।

 

एमालेका अन्य सबै पालिका सदस्यले ६४÷६४ मत प्राप्त गरेका थिए भने पार्वती कंडेलले ६५ मत प्राप्त गरेका थिए ।

कार्यपालिका सदस्यमा खुल्लाबाट पार्वती कंडेल, गोमादेवी पौडेल, जानकी देवी गुरौं लामिछाने, फूलमाया विक र मधुमाया गुरुङ्ग निर्वाचित भएको निर्वाचन अधिकृत कमल राज पन्थीले बताए ।

 

त्यसैगरी महिला, दलित, अल्पसंख्यकबाट गीतादेवी बोटे, जयबहादुर विक र विद्या बहादुर विक निर्वाचित भएका छन् ।

देवचुली नगरपालिकामा एमालेले मेयर उपमेयर सहित ११ वटा वडा अध्यक्ष र काँग्रेसले ६ वटा वडाध्यक्ष जितेको छ । देवचुलीमा २८ सदस्यीय कार्यपालिकामा एमालेको एकल २१ अर्थात दुई तिहाई बहुमत पुगेको छ ।

 

कावासोती नगरपालिकाको कार्यपालिका सदस्यका लागि नेकपा एमालेको एकल प्यानलको उम्मेदवारी परेकोको कारण सर्वसम्मत भएको छ भने गैडाकोटमा नेपाली काँग्रेसको एकल प्यानलको मात्र उम्मेदवारी परेका कारण काँग्रेसको प्यानल सर्वसम्मत भएको छ ।

 

 



सम्बन्धित
Loading...