नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै





नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार दोस्रो अभ्यास खेल खेल्दैछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि अमेरिका रहेको नेपालले ह्युस्टन हरिकेन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

 

नेपालले आज अभ्यास खेल राति ९ः१५ बजे  सुरु हुनेछ । यसअघि भएको खेलमा नेपाल नेपाली अल स्टार्ससँग नेपाल ४ विकेटको पराजित भएको थियो ।

 

 




सिरिजको तयारी स्वरूप नेपाली टोलीले अभ्यास खेल खेलको हो ।  सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।

 

सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमान बीचको खेल जुन ९ मा हुनेछ ।

 

 




सम्बन्धित
Loading...