यूएईसँग निरीह नेपाल : ८ रनमा अलआउट, १० विकेटले पराजित


 




आईसीसी यू-१९ टी-२० विश्वकप एसिया छनाेटमा नेपाल यूएईसँग १० विकेटले पराजित भएकाे छ ।

नेपालकाे ब्याटिङ कमजाेर बन्दा ८ रनमै अलआउट भएकाे थियाे । ९ रनकाे लक्ष्य यूएईले १.१ ओभर खेल्दै विना विकेट पूरा गर्‍यो ।

 




यूएईका तीर्थ सतिस ४ र लाभन्य केनी ३ रनमा अविजित रहे ।

 

यसअघि पहिले ब्याटिङ गरेको नेपालले जम्मा ८ रन जोडेको थियो । नेपाकी स्नेहा महराले ३ रन बनाइन् । यो नै व्यक्तिगत उच्च रन रह्यो । कप्तान कृतिका मरासिनीसहित ६ खेलाडीले खातासमेत खोल्न सकेनन् ।

 

यूएईका लागि माहिका गौरले घातक बलिङ गर्दै ४ ओभरमा २ मेडन राखेर मात्र २ रन खर्चँदै सर्वाधिक ५ विकेट लिइन् । यस्तै इन्धुजा नन्दकुमारले ३ विकेट लिइन् ।




सम्बन्धित
Loading...