ad

नेपालले मलेसियालाई २५ रनले हरायो

16

 




आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई हराएको छ। युकेएम ओभलमा बिहीबार भएको खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले हराएको हो।

 

नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर मात्र ६१ रन बनायो। मलेसियाकी एल्सा हन्टरले सर्वाधिक २८ रन जोडिन्। त्यस बाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन्। बलिङतर्फ नेपालकी कृतिका मरासिनीले २ र मनिषा कुमारी उपाध्यायले १ विकेट लिइन्।

 




यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो। नेपालका लागि अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रनको योगदान गरिन्। यस्तै आश्मा पुलामी मगरले २६ रन जोडिन्।

 

बलिङतर्फ मलेसियाका लागि नुर सामेदले दुई विकेट लिइन्। त्यस्तै इल्सा होन्टेरले एक विकेट हात पारिन्।

 

नेपालले छनोटमा तेस्रो स्थान हासिल गरेको छ। नेपालले ५ खेलमा ३ जित र २ हार व्यहोर्यो। नेपालले ५ खेलमा ६ अंक जोड्यो।



सम्बन्धित
Loading...
error: Content is protected !!