ad

‘​सीआईडी’का इन्स्पेक्टर बसमा लुटिए

203

 




चर्चित टिभी शो सीआईडीमा इन्स्पेक्टर सचिनको भूमिका निभाएका ऋषिकेश पाण्डेसँग मुम्बईमा चोरी भएको छ । वास्तवमा अभिनेता आफ्नो परिवारसँग एसी बसमा घुम्न गएका थिए ।

सोही क्रममा कसैले उनको झोलाबाट नगद र कागजपत्र चोरेको थियो ।




यो घटना ५ जुनमा परिवारसँग ‘एलिफेन्टा केभ’ घुम्न गएका बेला भएको अभिनेताले बताए ।

 

यसबारे कुरा गर्दै ऋषिकेशले भने, ‘हामी साँझ ६ः३० बजे एसी बसमा बसेका थियौं, बसबाट ओर्लिनेबित्तिकै मैले आफ्नो झोला चेक गरेँ, त्यसपछि मेरो पैसा, क्रेडिट कार्ड, आधार कार्ड, प्यान कार्ड र कारका कागजातहरू छैनन्। मैले कोलाबा र मलाड पुलिस स्टेसनहरूमा घटनाको रिपोर्ट गरेको छु।’

अभिनेताले थप भने, ‘मैले सीआईडीमा इन्स्पेक्टरको भूमिका निर्वाह गरेको थिएँ । वास्तविक जीवनमा पनि मानिसहरु मसँग उहाँहरुको समस्या लिएर आउनुहुन्थ्यो र म उहाँलाई सहयोग गर्थें।  अहिले म पनि लुटिएको छु। मलाई आशा छ कि प्रहरी विभागले यस घटनाको राम्रोसँग अनुसन्धान गर्नेछ।’



सम्बन्धित
Loading...
error: Content is protected !!