ad

मेरो विगत देखेर मेरा सन्तानले लाज मान्ने हुन् की भन्ने सँधै डर छ : सन्नी लियोनी

185

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी यो फिल्मी संसारमा आउनुअघि पोर्न स्टार थिइन् । वर्षौंअघि सन्नी लियोनीले यो पेशा छोडेकी थिइन् । तर अभिनेत्रीलाई आफ्नो विगतको डर छ, जसको बारेमा सन्नी लियोनीले खुलेर कुरा गरेकी छिन् ।




के भनिन् सन्नी लियोनी ?
सन्नी लियोनलाई डर छ कि उनको पेशाको बारेमा थाहा पाएर उनका छोराछोरीले उनको न्याय गर्दैनन् की ?
सन्नीलाई लाग्छ कि उनका छोराछोरीले उनको विगत मन नपराउने हुन् की ।

इ–टाइम्ससँगको कुराकानीमा सन्नी लियोनीले यसबारे खुलेर कुरा गरेकी छिन् । उनी भन्छिन्– मेरा छोराछोरी हुर्किएपछि मन नपर्ने कुराहरू छन् । हामी सबैलाई थाहा छ त्यो के हो।




उनीहरु पूर्ण रुपमा बुझ्ने भएपछि तिनीहरूले मेरो विगत हेर्नेछन् । मलाई देख्दा उनीहरुलाई लाज हुने हो की भन्ने डर मलाई सधैँ हुन थालेको छ ।

तर म विश्वस्त छुकी मैले मेरो छनोट गरें र उनीहरूलाई थाहा हुनुपर्छ कि उनीहरूले पनि आफ्नो छनौट गर्न सक्छन्। जबसम्म कसैको इच्छाले कसैलाई हानि वा चोट पुर्याउदैन।

मेरो बच्चा जस्तै फायर फाइटर बन्न चाहन्छ भने म दिन्छु । सन्नी लियोनी तीन सन्तानकी आमा हुन् । उनले छोरी निशालाई धर्मपुत्री लिएकी छन् । उनीहरुका दुई छोरा छन् जो सेरोगेसीको सहयोगमा जन्मिएका हुन् ।

सन्नीले बलिउडमा आफ्नो स्थान बनाएकी छिन्
सन्नी आफ्ना तीन सन्तानलाई असाध्यै माया गर्छिन् । सन्नीको बच्चाहरुसँगको तस्वीर भाइरल भैरहेको हुन्छ । उनी मातृत्वको आनन्द लिइरहेकी छिन् ।

चलचित्रका अलावा सन्नीका म्युजिक भिडियोले पनि फ्यानमा हावी रहेको छ । आफ्नो विगतका कारण सन्नीलाई फिल्ममा स्थान बनाउन निकै गाह्रो भएको थियो । कडा परिश्रमपछि सन्नीले आफूप्रतिको मानिसको दृष्टिकोण परिवर्तन गर्न सफल भएकी छिन् ।



सम्बन्धित
Loading...
error: Content is protected !!