भैरहवामा खुल्यो श्रम कार्यालय, श्रम स्वीकृतिका लागि काठमाडौं धाउन नपर्ने


 




भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सुरु भए लगत्तै वैदेशिक रोजगार व्यवस्थापन शाखा पनि खुलेको छ । विदेश जानेहरूका लागि पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम सो शाखाबाट हुने भएको छ ।

 

यससँगै अब श्रम स्वीकृतिका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ । आज भैरहवामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्दै मेनपावर कम्पनीहरुलाई भैरहवामा कार्यालय खोल्न आग्रह गरे ।




मन्त्री श्रेष्ठले आज भैरहवाको कार्यालयबाट कतार जाने अस्कर अली मियाको श्रम स्वीकृति गरेर कार्यालय सञ्चालनको घोषणा गरेका हुन् ।

 

यो पनि …
श्रम अदालतको आफ्नै दुःख, न्यायाधीश चढ्ने गाडी धकेल्नुपर्छ

 

अनामनगरस्थित भाडामा लिएको घरमा छ श्रम अदालत । साँघुरो इजलास, कर्मचारीका लागी साँघुरो कार्यकक्ष । बुधवार श्रम अदालतले पहिलोपटक पत्रकार सम्मेलन गरेर चालु आर्थिक वर्षमा गरेको प्रगती विवरण सार्वजनिक गरेको छ । श्रमिकको मुद्दा हेर्ने श्रम अदालत आफैं दुःखमा रहेको कर्मचारीहरु बताउँछन् ।

 

पत्रकार सम्मेलनमा अदालतका अध्यक्ष न्यायाधीश बासुदेव आचार्य, सदस्यहरु प्रेम कुमार राई र निशा बानियाँ उपस्थित थिए । सूचना अधिकारी रत्ना घिमिरेले अदालतको भौतिक अवस्थाबारे जानकारी दिँदै न्यायाधीशले चढ्ने गाडी नै धकेल्नुपर्ने अवस्थामा रहेको बताइन् । पत्रकार सम्मेलनमा उनले भनिन्–‘माननीय न्यायाधीश चढ्ने गाडी धकेल्नुपर्ने अवस्था छ, कार्यकक्ष साँघुरो छ, पार्किङ छैन् ।’ श्रम ऐन–२०७४ जारी भएपछि उच्च अदालतको न्यायाधीश वा उच्च अदालतको न्यायाधीश हुन योग्य व्यक्ति अध्यक्ष र दुईजना सदस्य रहेको बेन्च गठन गरेर सो अदालतले श्रमिकका मुद्दा हेर्दै आएको छ । श्रम अदालतमा रजिष्टारसहित १४ जना कर्मचारी छन् । तर, तामेलदार नै छैनन् । दुईजना तामेलदारको दरबन्दी खाली रहेको अदालतकी सूचना अधिकारी घिमिरेले बताइन् । २४ जना कर्मचारीको दरबन्दी भएपनि १० जना कर्मचारीको पदपूर्ति भएको छैन् ।

२ सय ४ वटा मुद्दा फैसला हुन बाँकी

श्रम अदालतमा दर्ता भएका र पुनरावेदन गरिएका २०४ वटा मुद्दा सुनुवाइको प्रक्रियामा छन् । २०७८ साउनदेखि २०७९ जेठसम्ममा गत वर्षबाट सरेर आएका र नयाँ दर्ता भएका अधिकांश मुद्दा फैसला भएका छन् । गत आर्थिक वर्षको बाट जिम्मेवारी सरेका ८ वटासहित १५ वटा मुद्दा फैसला भएको छ । चालु आर्थिक वर्षमा दर्ता भएका मध्ये दुईवटा मात्रै मुद्दा फैसला हुन बाँकी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

श्रमिकका मुद्दा प्रमाण जुटेको ३ महिनाभित्र फैसला गर्ने गरिएको अदालतका अध्यक्ष बासुदेव आचार्यले बताए । धेरै मुद्दा मेलमिलाप गराउन सकिने प्रकृतिका हुने भएपनि तामिल लिएका मेलमिपालपकर्ता नहुँदा समस्या भएको न्यायाधीश आचार्यको भनाइ छ । ‘मेलमिलाप गराउने कक्ष पनि हामीकहाँ छैन्’ पत्रकारहरुसँग कुरा गर्दै न्यायाधीश आचार्यले भने–‘साधन, स्रोत नहुँदा समस्या भएको छ ।’ श्रम मन्त्रालयले श्रम अदालत कार्यविधि नियमावली–२०७७ शंसोधनका लागी मस्यौदा गरेर अघि बढाएको छ । तर, लामो सयमदेखि सो मस्यौदा अर्थ मन्त्रालयमा अड्किएको न्यायाधीश आचार्यले गुनासो गरेका छन् ।




सम्बन्धित
Loading...