स्वागतयाेग्य कदमः बुटवल-पाल्पा सडकमा टिपर चलाउन रोक


 




पाल्पा । सडक डिभिजन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गमा टिपर चलाउन रोक लगाएको छ ।

डिभिजन कार्यालयले सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।

 




सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षातको समयमा ठूला मालवाह सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी सञ्चालनलमा रोक लगाइएको हो ।

 

यो सडकमा अत्याधिक भारवहन भएका टिपरहरु सञ्चानलमा रोक लगाउन सहजीकरणका लागि स्थानीय प्रशासन र प्रहरी कार्यालयललाई समेत सडक डिभिजन पाल्पाले अनुरोध गरेको छ । बुटवल पाल्पा सडक वर्षाको समयमा पहिरोले दिनहुँजसो अवरुद्ध हुने गरेको छ ।

 

 

 

गोपी ज्ञवाली –
नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीदेखि त्रिवेणीसम्मका सडक खण्डमा रहेका जीर्ण र सागुरा पुलका कारण हुलाकी मार्गको यात्रा जोखिमपूर्ण बनेको छ ।

लामो समयदेखि निर्माण अलमलमा परेको राष्ट्रिय गौरवका आयोजनाहरु मध्य नवलपरासीको हुलाकी सडकको निर्माण कार्यले अहिले तिब्रता पाएको अवश्थामा हलाकी सडकमा रहेका पुराना र सागुरा पुलका कारण हुलाकी सडकको यात्रा जोखिमपुर्ण यात्रा हुने गरेको छ ।




सम्बन्धित
Loading...