तराईका पारम्परिक गोरुगाडा लोप हुदै


तस्विर ः गोपी ज्ञवाली । लोप हुने अवश्थामा पुगेका तराईका पारम्परिक गोरुगाडा ।



परासी समाचारदाता,  गोपी ज्ञवाली ।

 

नवलपरासी असार ३ गते । कुनै समयमा तराईको मुख्य यातायातको साधनको रुपमा रहेको गोरु गाडा अहिले लोप हुने अवश्थामा पुगेको छ ।

 




पचासको दशक सम्म पनि तराईको गाउँहरुमा मुख्य यातायातको साधन एवं सामान ढुवानीको मख्य साधनको रुपमा रहेको गोरुगाडा क्रमश हटदै गर्दा अहिले तराईका गाउँहरुमा पनि यो गोरु गाडा लोपान्मुख अवश्थामा पुगेको रामग्राम नगरपालिकाका  स्थानियवासी सम्भु उपाध्यायले बताउनु भएको छ ।

 

पहिला पहिला ट्रेक्टर, ट्रक जस्ता ईन्जनबाट चलने यातायातका साधनहरु नभएको अवश्थामा तराईका गाउँहरुमा यातायातको मुख्यको रुपमा रहेका गोरुगाडाहरु अहिले लोपोन्मुख अवश्थामा पुगेका छन ।

 

गोरुले तान्ने गोरुगाडामा पछाडी लगाईन दुई वटा चक्काहरु पनि स्थानिय रुपमा बनाईने काठका पहियाहरु हुने गर्दथे । समय फरिदै जाँदा रबरडका टायरहरु बजारमा आए पछि यी गोरुगाडामा रबरका टायरहरु लगाउन थालियो तर अहिले यी गोरु गाडाहरुलाई अन्य ईन्जनवाला सवारीका साधनहरुले विस्थापित गर्र्दै गएको पाईएको छ ।

 

आजकल तराईका गाउँहरुमा क्रमशः परम्परागत रुपमा गरिने कृषि पनि आधुनिकतासंगै परम्परागत रुपबाट ब्यावसायिक रुपमा परिवर्तन हुदै गर्दा गाउँ गाउँमा गोरु पाल्ने प्रचलन पनि हटदै गएको पाल्हीनन्दन गाउँपालिकाका स्थानियवासी एवं पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दिपक गुप्ताले बाताउनु भयो ।

 

आजकलका मधेशी समुदायका युवापिढी बैदेशिक रोजगारीका लागि विदेश जाने क्रम बढदै गएको अवश्थामा विदेशबाट पैसा ल्याउने र पक्की घर बनाउने गाडी किन्ने प्रचलनले गर्दा पनि पारम्परिक रुपमा चल्दै आएका गोरुगाडाहरु क्रमश ः विस्थापित हुदै गएको लुम्बिनी प्रदेशका पुर्व मन्त्रि बैजनाथ चौधरीले बताउनु भयो ।

 

तराई क्षेत्र परम्परगत रुपमामा पुरानो प्रकृतिका खपडाले छाएका घरहरु, गोरुगाडा, पानी खानका लागि प्रयोगमा आउने पुराना कुँवाहरु, खेत जोतने हलो लगाएतका परम्परागत बस्तुहरु विस्थापित हुदै गएका छन । तराईमा स्थानिय रुपमा माटोबाट बनाईने ईटा, घरछाउने खपडा, टायल, गोरुगाडा बनाउने शिप भएका पुराना शिल्पीहरुको समेत अभाव हुदै गएको छ ।

 

 

 




सम्बन्धित
Loading...