जिसस नवलपुरका लागि शनिबार निर्वाचिन, एमाले र काङ्ग्रेस चुनावी मैदानमा

 



नवलपरासी । जिल्ला समन्वय समिति नवलपुरका पदाधिकारी र सदस्यहरुका लागि शनिबार  निर्वाचिन हुँदैछ ।

८ पालिका रहेको नवलपुरमा जितका लागि ९ मत आवश्यक पर्नेमा एमालेसँग स्पष्ट ११ मत छ भने काँग्रेससँग ५ मत मात्र रहेको छ ।



असार ४ गते हुने निर्वाचनका लागि दुई दलबाट ९ पदका लागि १८ जनाको उम्मेदवारी परेको छ ।
एमालेबाट प्रमुखमा बाबुराम विश्वकर्मा, उपप्रमुखमा शकुन्तला लम्साल, सदस्यहरुमा कुलप्रसाद शर्मा भुसाल, लोकनाथ अर्याल, लिला पौडेल, सरस्वती पाठक, रेनु गुरौ, सम्झना सार्की र पिन कुमारी चितौरेको उम्मेदवारी परेको छ ।

काङ्ग्रेसबाट प्रमुखमा द्रोणवन सन्यासी, उपप्रमुखमा मिरा थनेत, सदस्यहरुमा राधिका परियार, देवमाया दमिनी, दिनेश कुमाल, गोमाया पाण्डे, ज्ञानप्रसाद खनाल, चित्रबहादुर थापा, सुरेन्द्र कुमालको उम्मेदवारी परेको छ ।

 

जिसस नवलपुरका लागि ८ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरि १६ जना मतदाता रहेका छन् । जसमा एमालेको ११ र काङ्ग्रेसको ५ मत रहेको छ । विहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने समय राखिएको छ ।

पश्चिम नवलपरासीः गठबन्धन भत्काउँदै जिससमा एमाले

 

नवलपरासी । पश्चिम नवलपरासीमा गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै एमालेका उम्मेदवार जिल्ला समन्वय समितिको प्रमुख विजयी भएका छन् । गठबन्धनको उम्मेदवारतर्फ नेपाली काग्रेसको बालिन्द्र विक्रम शाहीलाई पराजित गर्दै एमालेका तर्फको उम्मेदवार भगवती यादव (मदल) ले जिल्ला समन्वय समितिको प्रमुख विजयी भएका हुन् ।

 

गठबन्धनको उम्मेदवारको स्पष्ट बहुमत थियो तर अल्पमतमा रहेका एमालेका उम्मेदवारले जित हासिल गरेका हुन् । एमाले उम्मेदबार भगवतीले सात मत ल्याई विजयी भएका छन् भने उनको प्रतिद्वन्द्वी गठबन्धनको उम्मेदवार नेपाली काग्रेसका शाहीले ६ मत ल्याई पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सहायक निर्वाचन अधिकृत रुद्रप्रसाद रेग्मीले जानकारी दिए ।

यता उपप्रमुखमा भने गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार रामदयाल तेली विजयी भएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओबादी केन्द्रका उम्मेदवार रामदयाल तेली ७ मत ल्याई विजयी भएका छन्, भने उनको प्रतिद्वन्द्वी एमालेकी कुन्तीकुमारी चौधरीले ६ मत ल्याई पराजित भएकी छिन् ।

जिल्लामा रहेका सात वटा स्थानीय तहहरुको मध्ये भने नेपाली काग्रेसले पालिका प्रमुख एवं उपप्रमुख गरी ६ जना र नेकपा एमालेका प्रमुख तथा उप प्रमुखगरी ५ जना तथा माओवादीबाट २ जना र राप्रपाबाट १ जना गरी पालिका उपप्रमुखमा विजयी भएका थिए । एमालेसँगे ५ र गठबन्धनसँग ९ मत रहँदा पनि प्रमुखमा काँग्रेसका उम्मेदवार पराजित भएको हो ।

जिल्ला समन्वय समिति पश्चिम नवलपरासीको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाको गठबन्धन गरेका थिए । महिला सदस्यतर्फ नेपाली कांग्रेसका शारदा परिवार, इन्दिरा कार्की र राप्रपाकी शोभा चौधरी विजयी भएका छन् भने दलित बा अल्पसंख्यक सदस्यतर्फ माओवादी केन्द्रकी लवाडदीदेवी हरिजन विजयी भएकी छिन् ।

खुल्ला सदस्यतर्फ कांग्रेसका धनीराम चौधरी, यामबहादुर दर्लामीमगर र राप्रपाको मकबुल मिया विजयी भएको सहायक निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए ।

प्रमुख पराजित पछि काँग्रेस भित्रै विवाद

नवलपरासी । जिल्ला समन्वय समिति नवलपरासीको निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव प्रतिनिधि सभा सदस्य देबेन्द्रराज कँडेल र संविधान सभा सदस्य देवकरण कलवारलाई कारबाहीको माग गर्दै उजुरी परेको छ ।

 

कांग्रेसभित्र बाटै अन्तरघात भएका कारण हार ब्यहोर्नु परेको दाबी गर्दै कांग्रेसबाट जिसस प्रमुख पदकमा उमेदवारी दिएका बालिन्द्र विक्रम शाहीले दुई नेताविरुद्ध पार्टीको जिल्ला अनुशासन समितिमा उजुरी दिएका हुन् ।

सात स्थानीय तह रहेको जिल्लामा कुनै पनि दलको बहुमत नपुगेपछि कांग्रेसले माओवादी केन्द्र र राप्रपासँग गठबन्धन गरेको थियो । गठबन्धन गरेर आवश्यक पर्ने आठ मतमा ९ मत पु¥याएको कांग्रेसका उमेदवार शाही एक मतले पराजित भएका हुन् । प्रमुखबाहेक गठबन्धनका अन्य सबै उमेदवारले जितेका छन् ।
चुनावमा एमालेका प्रमुख पदका उमेदवारले सात मत ल्याएर विजयी भएका थिए । भने पराजित शाहीको ६ मत थियो । चुनावमा प्रमुख पदको एक मत बदर भएको थियो । अर्को एक मतमा अन्य पदमा कांग्रेस–माओवादी गठबन्धनका उमेदवारलाई भोट दिएपनि प्रमुख र उपप्रमुखमा सूर्य चिन्हमा दिइएको थियो ।

अनुशासन समितिका जिल्ला संयोजक एंव पार्टी जिल्ला उपाध्यक्ष विक्रम यादवलाई बुझाएको उजुरी पत्रमा गठबन्धनमा रहेका माओवादी केन्द्रका दुई जनप्रतिनिधिले गठबन्धनमै मत दिएको प्रमाण पेश गरेकाले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नै मत नदिएर पराजित भएको दाबी गरिएको छ । नेता कँडेल र कलवारकै निर्देशनमा आफ्नै जनप्रतिनिधि मतदातालाई एमाले गठबन्धनका उमेदवारलाई भोट दिन लगाएकोले उनीहरुमाथि छानविनसहित कारबाही गर्न माग गरिएको हो ।

जिल्लामा रहेका कांग्रेसका दुई गुटका कारण हरेक पटक विवाद हुँदै आएको छ । एउटा गुट केन्द्रीय सदस्य कँडेलको छ भने अर्को गुट कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एंव संविधान सभा सदस्य विक्रम खनालको छ । स्थानीय निर्वाचनमा पनि कांग्रेसको वर्चस्व भएका पालिकामा गुटकै कारण हार व्यहोर्नु परेको जिल्लामा चर्चा छ ।

पछिल्लो पटक भएको जिसस चुनावमा पनि गुटकै कारण कांग्रेसले हारेको हो । जिससको प्रमुख पदमा कँडेलले आफ्नो गुटका व्यक्तिलाई उमेदवार बनाउन चाहेका थिए । तर खनाल गुटका उमेदवारले टिकट पाएपछि कँडेल गुटले हराउन चलखेल गर्न सक्ने भन्दै कांग्रेसकै मतदातामाथि निगरानी बढाउन थालिएको थियो । गुटकै कारण हार व्यहोर्नु परेको भन्दै अहिले खनाल गुटका कार्यकर्ता नेताद्धय कँडेल र कलवारप्रति आक्रोशित छन् ।

 

 



सम्बन्धित
Loading...