ad

यी नायिकालाई दर्शकले दिए बलात्कार र ज्यान मार्ने धम्की

120

 




चर्चित टिभी शो ‘पाण्ड्या स्टोर’ कि नायिका सिमरन बुधरुपलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले बलात्कारपछि ज्यान मार्ने धम्कि दिएका छन् ।

एक अन्तवार्तामा उनले आफुलाई धम्कि आएको खुलासा गर्दै प्रहरीा एफआइआर दर्ता गराएको बताएकी छिन् । उक्त शोमा उनले नकारात्मक भुमिका निर्वाह गर्दै आएकी छिन् । सोही कारण आफुलाई यस्तो धम्कि आएको उनको भनाई छ ।




टाइम्स अफ इण्डियासंग कुरा गर्दै उनले भनिन् ‘मैले हरेक दिन नकारात्मक प्रतिक्रियाको सामना गर्न परिरहेको छ ।’ त्यसो उक्त शोमा उनको चरित्र नै नकारात्मक छ र उक्त पात्रले अनेक नकारात्मक गतिविधी गरिरहन्छ ।

पछिल्लो केही समयदेखी आफ्नो चरित्रलाई सर्वसाधारणले गम्भिर रुपले लिन थालेको अनुभव गरेकी छिन् उनले । उनको भनाई अनुसार उनलाई गाली गर्नेहरु १३/१४ वर्ष उमेर समुहका छन् । त्यो उमेर समुहका किशोरहरुले उनलाई ज्यान मार्ने धम्कि दिइरहेका छन् ।

 

दुई महिनामा २४ केजी तौल घटाउन सफल प्रियंका

 

अभिनेत्री प्रियंका कार्की चलचित्रमा फेरि नायिकाका रूपमा फर्कने तयारीमा छिन् । उनी पछिल्लो समय आफ्नो तौल घटाउन निकै सक्रिय छिन् ।

केही महिना अघि सुत्केरी भएपछि उनी मोटाएर ९३ केजी पुगेकी थिइन् । तर, दुई महिनाको निरन्तर अभ्यासबाट आफूले करिब २५ केजी तौल घटाएको उनले बताएकी छन् ।

‘मैले आफ्नो तौल घटाउनका लागि खाना र व्यायाम दुवैमा ध्यान दिएको छु । अहिले दिनमा दुई घण्टासम्म कडा व्यायाम गरिरहेको छु ।’ अभिनेत्री प्रियंकाका अनुसार उनलाई बिजु पार्कीले व्यायाम गराइरहेका छन् । पार्कीले आफूलाई जिम्नास्टिक, जुम्बा र किकबक्सिङ जस्ता कार्य गराएर तौल घटाउन सहयोग पु¥याएको अभिनेत्री प्रियंकाले बताएकी छन् । योबाहेक उनले कार्बोहाइड्रेड र चिनीजन्य खाना छाडेर १६ घन्टे किटो डाइट गरिरहेकी छन् । उनको यो प्रोटिन डाइटले पनि आफूलाई छोटो समयमा तौल घटाउन निकै सघाएको अभिनेत्रीले प्रियंकाले बताएकी छन् ।

अभिनेत्री प्रियंकाको भनाइमा उनले यो दुई महिनामा २४ केजी तौल घटाएकी छन् । अभिनेत्री प्रियंकाले पत्रकारसँग भनेकी छन्, ‘सुत्केरीको बेला म ९४ केजीको थिएँ र अहिले तौल घटाएर ७० केजीको भएकी छु । आझै ५ देखि ७ केजीसम्म घट्ने योजनामा छु ।’

सन्तान जन्मने भएपछि अभिनेत्री प्रियंका कार्कीले फिल्मको काम छाडेकी हुन् । यति बेला उनी नयाँ टेलिचलचित्रको छायांकनमा छिन् । अब चाँडै चलचित्रमा पनि नायिकाका रूपमा आउने उनले बताएकी छन् । सोही कारण आफूले तौल घटाएको पनि अभिनेत्रीले बताएकी छन् ।



सम्बन्धित
Loading...
error: Content is protected !!