जापानमा बसेका व्यक्तिकाे नक्कली मृ’त्यु दर्ता गरेर जग्गा बिक्री गर्ने प’क्राउ
काठमाडाैं । जापानमा बसेको व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको कीर्तिपुरमा रहेको ११ आना २ पैसा जग्गा बिक्री गर्नेहरु पक्राउ परेका छन् ।
सो घटनामा संलग्न रहेकाे आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ५ जनालाई पक्राउ गरेको छ ।
सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार २०५५ सालदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा एक गिरोहले नक्कली कागजपत्र बनाएर बिक्री गरेको हो ।
शान्तिदेवीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर र नक्कली श्रीमान खडा गरेर जग्गा बिक्री गरेको पाइएको महतोले बताए ।
सो घटनामा संलग्नको आरोपमा प्रहरीले महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र ममता श्रेष्ठलाई पक्राउ गरेको हो ।
याे पनि … …
दरबार हाइस्कुललाई देशकै नुमना बनाईने
दरबार हाइस्कुललाई देशकै नुमना बनाईने भएको छ । आइतबार काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगप्रमुख बानेल साहले दरबार हाइस्कुललाई देशकै नुमना बनाईने उल्लेख गरेका हुन् ।
प्रमुख साहका अनुुसार एक विद्यालय र एक सोसियल नर्सलाई निरन्तरता दिइने छ । त्यस्तै, निजी विद्यालयमा दमकलको व्यवस्था गरिनेछ ।