इजरायलको रोजगारी पुन: प्रक्रिया अगाडि बढ्यो
रोजगारीका लागि इजरायल जान छनौट भएर रोकिएका युवा पठाउने सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले पहल अघि बढाएका छन् ।
इजरायलको परराष्ट्र मन्त्रालय सम्वद्ध कर्मचारीहरूको श्रम विवादका कारण छनौट भई इजरायल प्रस्थानको चरणमा रहेका नेपाली नेपाली सहयोगी कामदारहरूको भिषा जारी हुन नसकेपछि दुईदेशबीच छलफल भइरहेको छ ।
श्रम समस्याका कारण अन्तिम छनौट भएर रोकिएका नेपाली कामदार पठाउने कार्य सुचारु हुन नसकेपछि पुन: सूचारु गर्न वैकल्पिक उपायको खोजी गरी यथाशीघ्र कामदार पठाउने प्रकृया अघि बढाउन नेपालले पहल सुरु गरेको हो ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
याे पनि … …
मापसे सेवन गरी शिक्षक विद्यालय गए पछि
आइतबार विद्यालय समयमा गुल्मीको एक विद्यालयका शिक्षकले अन्य शिक्षकहरूसँग हो–हल्ला गरेपछि उनलाई प्रहरी बोलाएर मापसे जाँच गराइएको छ ।
धुर्कोट गाउँपालिका–४ , जैसीथोकस्थित पञ्चायन माध्यमिक विद्यालयका शिक्षक खिमहाहदुर महतलाई वस्तु प्रहरी चौकीका प्रहरीहरू बोलाएर मापसे जाँच गराइएको हो । विद्यालय आउन साथ हाजिर रजिस्टर हेर्दै आफूलाई मर्यादा क्रममा किन तल राखेको भन्दै त्यहाँ उपस्थित दुई तीन जना शिक्षकसँग झगडा गर्न थाले पछि मदिरा सेवनको शङ्का लागेर प्रहरीको शब्दमा मापसे चेक गर्न पठाइएको त्यस विद्यालयले जनाएको छ ।
प्रहरीका अनुसार शिक्षकको रिपोर्टमा मापसे देखिएको छ । विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र पन्थी मापसेको रिपोर्ट आफूलाई प्राप्त नभएको र यसबारे सोमबार छलफल हुने बताए ।