काठमाडौंबाट एक महिलासहित पाँचजना पक्राउ, श्रीमानसमेत नक्कली खडा
काठमाडौंबाट एक महिलासहित पाँचजना पक्राउ, श्रीमानसमेत नक्कली खडा
असार ५, काठमाडौं |
जापानमा बस्दै आएका व्यत्तिको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर ११ आना २ पैसा बिक्री गरेको खुलेको छ। २०५५ सालदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा एक गिरोहले नक्कली मृत्युदर्ता बनाएर बिक्री गरेको पाइएको हो।
उक्त घटनामा संलग्न पाँच जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको छ। सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार शान्तिदेवीको मृत्युदर्ताको प्रमाणपत्र मात्रै नभइ नक्कली श्रीमानसमेत खडा गरेर जग्गा बिक्री गरेको पाइएको छ।
जग्गाधनि शान्तिदेवी नेपाल आएका बेला गत जेठ १३ गते मालपोत कार्यालयमा बायोमेट्रिक गर्न गएकी थिइन्। सक्कली लालपूर्जा बोकेर गएकी लोहनीले मालपात पुगेपछि मात्रै आफ्नो जग्गा बिक्री भइसकेको जानकारी पाइन्। यसरी आफ्नो नक्कली मृत्युदर्ताको प्रमाणपत्र र नक्कली श्रीमान खडा गरी जग्गा बिक्री गरेको पाइएपछि उनी प्रहरीकहाँ पुगेकी थिइन्।
उक्त प्रकरणमा संलग्न भएको आरोपमा सीआइबीले दार्चुलाको मलिकार्जुन गाउँपालिका–७ घर भई हाल काठमाडौंको टोखा–८ बस्ने ५६ वर्षीय महावीर चन्द, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भइ हाल ललितपुरको सुनाकोटी बस्ने ४१ वर्षीय गणेशबहादुर खनाल, सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका १ घर भइ हाल बुढानिलकण्ड–२ बस्ने बाबुराम काकी सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका १ घर भइ हाल बुढानिलकण्ड–२ बस्ने ४० वर्षी बाबुराम काकी, नुवाकोटको तारकेश्वर गाउँपालिका–१ घर भइ हाल काठमाडौं–१६ बस्ने ४६ वर्षीय प्रेमप्रसाद खनाल र काठमाडौं–१६ की ५६ वर्षीय ममता भनिने डासीमाया श्रेष्ठ रहेकी छिन्।

बायोमेट्रिक गर्नेक्रममा शान्तादेवी लोहनीको नामबाट मृत्यु नामसारी भई २०७७ पुस १५ गते उनका श्रीमान तारानिधि लोहनीको नाममा गएको र त्यसपछि पनि तारानिधि लोहनीको नामबाट सोही वर्षको फागुन १० गते सुनिता कर्माचारीको नाममा गएको मालपोत कार्यालयले जानकारी दिएको थियो।