ad

जनयुद्धका बलात्कारका घटनाहरु कहिले पाउने न्याय

यौन अपराधपीडित र न्यायको प्रश्न

46




राममाया लामिछाने –

यौनअपराधपीडितको पीडा, रोदन र क्रन्दन
यौन अपराधपीडितलाई हेर्ने समाजको दृष्टिकोण बदलिएको छ । त्यसैले त बाल्यकालमा आफूमाथि भएको जबर्जस्ती करणीका घटना १०औं वर्ष पछिको हाराहारीमा बाहिरिएका छन् । सामाजिक मनोवृत्तिको ऐनाका रूपमा आज यौनहिंसा पीडितका आवाज उजागर भएका छन् । पीडितको आवाजमा पीडा, रोदन र क्रन्दन छन् । ती पीडा, रोदन र क्रन्दनमा अन्तरनिहित अल्पकालीन र दीर्घकालीन मानसिक भौतिक अनि सामाजिक असरको अमिट छापहरू छन् । त्यस्ता छापले पुरुष र यस समाजप्रति नकारात्मक दृष्टिकोण सिर्जना नगरेको होला भन्न पनि सकिँदैन । सो अपराध घटेको समयमा महिलाको यौनिकतामािथ पुरुष वा समाजको पूर्ण नियन्त्रण थियो भनी स्पष्ट बुझ्न सकिन्छ । यौनहिंसापीडितलाई समाजले हेर्ने नकारात्मक दृष्टिकोण र लुकेको पीडाको वजनलाई तत्कालीन समयको अपराध नियन्त्रण गर्ने निकायले कुनै आँकलन गर्न सकेको पाइँदैन ।




समाज विकासको यो क्रममा यौनजन्य घटना सामाजिक सञ्जालमा बाहिरिँदै गर्दा कुन दिन, कुन समयमा आफू र आफ्नै परिवारको सदस्यले कुनै समयमा गरेको अपराधको खुलासा पत्रपत्रिका र अनलाइनमा आउने त होइनन् ? आशंका बढेको छ । अपराधीलाई कारबाही गर भनी सडकमा आवाज बुलन्द गर्दै गर्दा आफंैले पनि अतीतमा कुनै घटना त घटाइएको थियो वा थिएन सोच्न बाध्य बनाएको छ ।

अनुसन्धानका लागि विगत १० वर्ष
समाजमा यसरी पुरानो समयमा घटेका यौन अपराधका घटनापीडितले उजागर गर्दै गर्दा यो १० वर्षको समय कस्तो रह्यो ? यसो हुनुमा के के कुराको प्रभाव रह्यो ? राजनीतिक अवस्था कस्तो थियो ? शिक्षा प्रणाली स्थिर थियो वा परिवर्तित थियो ? स्थिर वा परिवर्तित शिक्षा प्रणाली तथा पाठ्यक्रमले यौन हिंसा पीडितलाई घटना लुकाउन बाध्य पारेको त थिएन ? अर्थात्, बढ्दो सहरीकरणका कारणले बसाइसराइको अवस्थामा आफ्नो जीविकोपार्जनलाई सहज बनाउने क्रममा आशा, लालसा, भरोसा जस्ता कारणले प्रलोभित हुँदै बालिका वा महिला यौन हिंसाका सिकार भएका त होइनन् ? कतै गाँस, बास र कपासको न्यूनतम समस्यामा रहेको परिवारको महिला सदस्यले आर्थिक प्रलोभनमा परी यौनहिंसाको सिकार त भएनन् ? सार्वजनिक भएका यौन अपराधका घटनाबाट सामाजिक मनोविद्, सामाजिक विश्लेषक एवं सामाजिक मनोविमर्षकर्ताले विगत १० वर्षमा घटित यौनजन्य घटनाको कारण असर र सो असरलाई न्यूनीकरण गर्ने उपायको खोज अनुसन्धानमा लागेका होलान् भनी अनुमान गर्न सकिन्छ ।

यौनजन्य अपराधको उजुरीमा अनिश्चितकालीन हदम्यादको औचित्य के कति भन्ने’bout सडकभन्दा पनि सदन बढी संवेदनशील रहोस्

न्याय तथा कानुनी क्षेत्रमा लामो समयको अनुभव सम्हालेका न्याय तथा कानुन अनुसन्धानकर्मीले तत्कालीन समयमा यौनजन्य घटनाका पीडितले घटना उजागर गर्न नसक्नु पछाडिको कारणमा कानुन बाधक थियो वा समाज ? राज्यले यौन अपराध’bout व्यापक जानकारी गराउने प्रयास गरेको थियो वा थिएन ? अपराध पीडकलाई गैह्रकानुनी यौनजन्य क्रियाकलाप अपराध हो भन्नेबार ज्ञानको अभाव थियो वा अपराध लुकाउन सक्ने दम्भ वा बालिका महिलाले सो घटना उजागर गर्न सक्दैनन् त्यसैले केही हुँदैन भन्ने मनोवृत्ति ? भनी अध्ययन गर्न बाध्य बनायो भन्ने लाग्छ ।

अपराध नियन्त्रणमा राज्यको दायित्व
आज १०औं वर्षपछि यौनहिंसा तथा अपराधका घटना तथ्यसहित उजागर हुँदै गर्दा यौन अपराधीको पहिचान गर्न सकिएला तर अपराधीलाई कानुन बाहिर गएर राज्य आफंैले बनाएको कानुनविपरीत सजाय गर्न कठिन हुन्छ । अनिश्चितकालीन दण्डको हतियार नागरिकको शिरमाथि राखी राख्न नपाउने गरी हदम्यादसहितको अपराध नियन्त्रण गर्ने दायित्व अनुसन्धान गर्ने निकायको हो । नागरिकका प्रतिनिधिले निर्माण गरेको कानुनी व्यवस्थामा घटनामा पीडितले उजुरी गर्ने समयावधि सकिएको छ । सो समयावधिको समाप्ति हुनेगरी कानुनी व्यवस्था रहेको हदम्यादको व्यवस्था नागरिकका जनप्रतिनिधिले नै बनाएका हुन् । त्यस्तो, कानुन निर्माणको आफ्नै सैद्धान्तिक र मर्यादित धरातल छ । उक्त कानुन कानुनी प्रक्रियाका आधारमा व्यवस्थापिकाले निर्माण गरेको भए तापनि सार्वभौम नागरिकका प्रतिनिधिद्वारा निर्मित कानुन भएकाले नागरिकद्वारा निर्मित भई सो पालनाको दायित्व नागरिकको पनि हो । पीडित पनि यही देशका नागरिक हुन् । पीडाको सन्दर्भमा अपराधीलाई सजाय गराउने कुरा राज्यभन्दा पीडितका लागि बढी सरोकार रहे पनि अपराध नियन्त्रण र कानुनको पालनाका सन्दर्भमा राज्य सधैं अगाडि रहन्छ ।

अपराध नियन्त्रणका लागि सामुदायिक प्रहरी सेवाको विस्तार पनि यही १० वर्षको अन्तरालमा व्यापक भएको देखिन्छ । उक्त सामुदायिक प्रहरी सेवाले समूह, बस्ती र समाजमा हुने घटना’bout थाहै पाएन ? गुनासो थाहा पायो तर त्यसलाई जिम्मेवारीपूर्ण तवरले कारबाहीमा ल्याउन सकेन ? प्रश्न अनुत्तरित छ । अपराध नियन्त्रण र सानोतिनो समस्यालाई समुदायमै मिलाउन प्रयास गर्ने संस्कारलाई निरन्तरता दिँदा समुदायले कतै यस्ता घटनालाई पनि सानो घटनाकै रूपमा बुभm्यो र यसलाई नोटिसमा राखेन ? पीडितले आफ्नो पीडालाई समाजले सानो घटना मानेर सम्बोधन हुँदैन भनी बुझ्यो परिणामतः तत्कालीन समयमा घटना उजागर भएनन् ?

समाज र शिक्षा
समाज अत्यन्तै सतही बनेर प्रतिक्रियामा आधारित उपायको खोजीमा उत्रेको आभास हुँदै छ । जसले दीर्घकालीन असर र प्रभावलाई आँकलन समेत गर्न चाहदैन । जसले यस्ता घटना घटाउनेभन्दा बढाउनेमा प्रतिक्रियावादी उपाय सहयोगी सिद्ध नहोलान् भन्ने छैन ।

राज्यले आफ्नो औपचारिक वा अनौपचारिक शिक्षाको माध्यमद्वारा आदर्श नागरिकको निर्माण गर्ने हो । सोका लागि बालबालिका शिक्षा मात्र होइन अविभावक शिक्षामा समेत समाज र राज्यको ध्यान जान जरुरी छ । हामीकहाँ नैतिक शिक्षालाई हटाउँदा आधुनिक भएको ठानियो । आजका बालबालिकाले इतिहास र नैतिक शिक्षा पढ्ने अवसर गुमाउँदै गएका छन् । शिक्षक बाबुले सन्तान शिष्यको कपी परीक्षण गर्दा के कति र कस्तो अवस्थामा उत्तरपुस्तिका छ भन्ने’bout बाबुले सन्तानलाई घरमा थाहै दिँदैनथे । यतिसम्मको अविभेदी नीति अपनाउने शिक्षा र शिक्षण पद्धति आज सम्भव देखिन छोडिसक्यो । सानो गल्तीमा घरमा बाबुआमाले सन्तानलाई दिने शिक्षाभन्दा आज अविभावकले उक्त गल्तीलाई गल्ती होइन बहादुरी हो भन्ने अभ्यास घरबाटै सुरु भएको छ । अनि यौवन वा आफू बलियो हुँदा वा वातावराणले समेत संरक्षण दिएको अवस्थामा बालक वा पुरुष या महिला नै किन नहुन आपराधिक कार्यमा संलग्न हुनुलाई अन्यथा भन्ने ठाउँ छ र ?
अविभावक आफ्ना सन्तानको पहिलो गुरु हो जसले आफ्नो सन्तानका लागि समय दिन सकेको छैन । विद्यालय शिक्षाको पाठ्यक्रममा नैतिक शिक्षाको अभाव छ । जसरी पनि बढी नम्बर ल्याउने सुगा रटाइको पठनपाठनमा आधारित दीक्षित गराइन्छ । समझदारी, जिम्मेवारी, इमादारितालाई कमजोरी ठानेर त्यसभन्दा फरक तरिकाले आजका बालबालिकालाई दीक्षित गरिँदै छ भन्नुमा अन्यथा नहोला । यसरी हुर्केका बालबालिकाले यस्तै प्रकारको समाजमा पदका लागि योग्य भई पद प्राप्त पनि गर्लान् । सो पदको पदीय दायित्वसँग जोगिएर आउने यावत् समस्या तथा विषयका सन्दर्भमा उसले निर्वाह गर्ने जिम्मेवारीले असल नागरिकको भूमिका निर्वाह गर्न नसकी आपराधिक कार्यमा संलग्न हुने सम्भाव्यता सधैं रहन्छ ।

सार्वजनिक भएका यौन अपराधका घटनाले मनोविद्, विश्लेषक एवं मनोविज्ञका लागि विगत १० वर्षमा घटित यौनजन्य घटनाका कारण, असर र सो असरको न्यूनीकरण गर्ने उपायको खोजअनुसन्धानमा लाग्न गम्भीर बनाएको छ

अविभावकले आफ्नो सन्तानको आनीबानी व्यवहार र प्रस्तुतिमा आउने फरकपनलाई नियाली समयमै बालबालिकाको समस्या पहिचान गर्न सधैं सजग हुनु सबैभन्दा पहिलो दायित्व हो । अध्यननको सिलसिलामा होस् वा अन्य कार्यमा संलग्न हुन पठाइँदाको अवस्थामा नै किन नहोस् सो अवस्था’bout खुलेर आफ्ना कुरा अभिभावकसमक्ष आफ्ना बालबालिकाले व्यक्त गर्न सक्ने वातावरण र समय दिन जरुरी छ ।

यौन अपराधपीडितलाई न्याय
यौन अपराधबाट पीडितलाई परेको असरको अवस्था एकिन गर्न राज्यले मनोसामाजिक विमर्सकर्ता खटाइनुपर्छ । उसको जीवनमा परेको शारीरिक मानसिक र भौतिक तथा आर्थिक क्षतिको एकिन हुनु जरुरी छ । सो क्षतिको आधारमा क्षतिपूर्तिको व्यवस्था राज्यले प्रदान गर्नुपर्छ । अपराध र अपराधीको पहिचानले राज्यको सुरक्षा निकाय तथा अपराध नियन्त्रण गर्ने निकायले थप जिम्मेवारीको महसुस नगरी आफ्नो जिम्मेवारीलाई प्रभावकारी बनाउन जरुरी देखिन्छ ।

लामो समयपछि पनि यौन अपराधीको पहिचान गराउन पीडितले जुन साहस गरेका छन्, त्यो साहसले राज्यमा अपराध उजागर हुन नसक्नुका कारणको खोजी गर्न राज्यले ढिलाइ गर्नहँुदैन । आज अपराधी र अपराधपीडितको मनोभावनाको पहिचान गरी अपराध नियन्त्रणमा अवलम्बन गर्नुपर्ने उपायको खोजी गर्नु समयको माग बनेको छ ।

अपराधीलाई कानुनको दायरामा ल्याउनका लागि मात्र होइन जघन्य अपराधका पीडितलाई न्याय दिनका लागि कानुनको अभावमा न्याय इन्कार गर्न हुँदैन । यही मान्यताका आधारमा विधिशास्त्रीय मान्यता, न्यायको सर्वाेत्कृष्ट मान्यता, सद्विवेकको मान्यतामा आधारित रिट क्षेत्रको क्षेत्राधिकार पीडितका लागि सधैं सुरक्षित रहेको हुन्छ । त्यसैले यौनजन्य अपराधको उजुरीमा अनिश्चितकालीन हदम्यादको औचित्य के कति भन्ने’bout सडकभन्दा पनि सदन बढी संवेदनशील रहोस् । अनि न्याय र कानुनका विज्ञको आवाज संकलित गरियोस् । सो संकलित आवाजलाई आधार बनाएर मात्र जबर्जस्ती करणी मुद्दामा हदम्यादलाई संशोधन गरियोस् ।
(लेखकको लामो समयदेखि अधिवक्ता तथा लैंगिक न्याय तथा मानव अधिकारसम्बन्धी कानुन विषयको स्नाकोत्तर तहको प्रध्यापनमा संलग्नता छ)



सम्बन्धित
Loading...
error: Content is protected !!