कपाल लामो बनाउने घरेलु उपाय





कपाल लामो बनाउन जसलाई पनि मन पर्छ। हरेक युवती कपाल लामो बनाउने सौन्दर्य प्रसाधनको खोजीमा भौंतारिइरहेका हुन्छन्। तर घरैमा सर्वसुलभ रुपमा उपलब्ध हुने प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला।

 

प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ। प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ।




प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ। यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सक्नुहुन्छ। त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं:

प्याजको रस
प्याजको रस निकालेर टाउकाको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस्। कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस्। त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस्।

प्याज र नरिवलको तेल
नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ। प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस्। फेरि एक तौलियाले छोप्नुहोस्। यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ। जसबाट कपाल बढ्छ।

प्याज र मह
कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो। यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस्। यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस्।

कागती र प्याज
कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ। कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अन्डाको सेतो भाग
अन्डा कपालका लागि निकै फाइदाजनक हुन्छ। लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अन्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ। यो प्याक बनाउनका लागि प्याजको रसमा अन्डाको सेतो भाग मिसाउनुहोस्। यसलाई आधा घन्टासम्म कपालमा लगाएर सेम्पुले नुहाउनुहोस्। प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउँछ। साथै कपाल झर्ने समस्या पनि कम हुन्छ। तर याद गर्नुहोस् एक पटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस्।
– अनुदित सामग्री




सम्बन्धित
Loading...