बालेनको चुनावी खर्च ३ लाख ९४ हजार !

बालेनको चुनावी खर्च ३ लाख ९४ हजार !



काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय तह निर्वाचनमा आफूले गरेको खर्च विवरण सार्वजनिक गरेका छन् । ढिला गरी खर्च सार्वजनिक गरेकोमा माफी माग्दै शाहले कूल तीन लाख चौरानब्बे हजार चार सय उनान्नब्बे रुपैयाँ खर्च भएको जानकारी दिएका छन् ।

उनले यसमध्ये १ लाखभन्दा बढी मतगणनाको बेला मात्र खर्च भएको बताउँदै मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै नभएर उम्मेदवारका लागि महँगो बनाइरहेको जिकिर गरेका छन्



उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर विभिन्न कारणहरूले सो ढिलो भएकोमा माफी चाहन्छौँ । हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनान्नब्बे रुपैयाँ (रु. ३,९४,४८९) भएको छ । जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी भएको थियो । मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महँगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ । र, भन्नै पर्ने कुरा छ ( एउटा उम्मेदवारका रूपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि सङ्ख्या राखेर देखाउन सक्दैन । त्यो अमूल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउन हामी हरसमय खटिरहनेछौँ ।’



सम्बन्धित
Loading...