ad

सलमान खानको नयाँ फिल्ममा १० जना नायिका !

63




आजकाल सलमान खानको प्रोजेक्टको कास्टिङको विषयमा थुप्रै जानकारी सार्वजनिक भइरहेका छन् । हालै ‘कभी ईद कभी दिवाली’ को कास्टिङ टाइमलाइनबारे नयाँ अपडेट दिइएको थियो ।

अब नायकको फिल्म नो इन्ट्री टु को कास्टिङमा पनि धेरै नै ट्विस्ट देखिएको छ । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार फिल्ममा साउथका शीर्ष नायिकाले स्थान पाउनेछन् ।




नो इन्ट्रीमा कसको हुनेछ इन्ट्री ?

सलमान खानको फिल्म ‘नो इन्ट्री टु’ मा साउथका नायिकाको मुख्य भूमिका हुने बताइएको छ । टाइगर थ्रीपछि सलमान खान फिल्म नो इन्ट्री टुको सुटिङ गर्ने स्रोतले बताएको छ ।

बलिउड लाइफले आफ्नो रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै जानकारी दिएको छ – साउथका ठूला नाम – जस्तै रश्मिका मन्दाना, समान्था रुथ प्रभु, पूजा हेगडे, तमन्ना भाटिया नो इन्ट्रिको सिक्वलका लागि शीर्ष स्थानमा छन् ।

फिल्ममा १० नायिका हुनेछन् । साउथका अभिनेत्रीहरुलाई फिल्ममा महत्वपूर्ण भूमिका प्रदान गरिने चर्चा छ ।’

साउथकी नायिका रश्मिका मन्दाना पुष्पा फिल्मपछि धेरै नै चर्चामा आएकी हुन् । उनी मिशन मजनू र गुडबायमा काम गरिरहेकी छिन् । समान्थाको गीत ओ ओ अन्ताभा हाल असाध्यै चर्चित बनेको छ । उनी फेमिली म्यान टु मा पनि देखिएकी थिइन् ।

पूजा हेगडे र तमन्ना भाटिया त धेरैजसो चर्चित साउथ फिल्ममा देखिन्छन् । अब साउथकी यी चर्चित नायिकामध्ये सलमान खानको फिल्मका लागि को फाइनल हुन्छन्, त्यो भने केही समय पछि मात्रै थाहा पाइने भारतीय सञ्चार माध्यमले बताएको छ ।



सम्बन्धित
Loading...
error: Content is protected !!