पोर्चुगलमा एक नेपालीको मृत्यु



पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट ज्यान गएको हो ।



शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले जानकारी दिए । 

उनको शव नेपाल पठाउने तयारी भइरहेको छ ।

बेजास्थित एक कृषि कम्पनीमा कार्यरत शेर्पाको दुई महिनादेखि उपचार भइरहेको थियो । उनी वैदेशिक रोजागारीको सिलसिलामा चार वर्ष अघि पोर्चुगल आएका थिए । 

गत साता पनि  चितवनका एक युवकको तालमा डुबेर मृत्यु भएको थियो ।

 



सम्बन्धित
Loading...