कावासोती नगरपालिकाको नगरसभाकाका लागि अत्यावश्यक बाहेकका सेवा दुई दिन बन्द





कावासोती नगरपालिको नगरसभाका लागि अत्यावश्यक बाहेक सेवा दुई दिन बन्द हुने भएको छ ।

कावासोती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेश गुरुङले दिनुभएको जानकारी अनुसार बिहीबार ( भोली ) बिहान नगर कार्यपालिकाको बैठक बस्ने र दिउसो दुई बजे नगरसभा सुरु हुने छ ।

 


भोली नीति तथा कार्यक्रम पेश गर्ने , छलफल गर्ने र शुक्रबार ( पर्सी ) नगरसभामा बजेट पेश गर्ने कार्यक्रम रहेको गुरुङले जानकारी दिनुभयो ।

 

नीति तथा कार्यक्रममा छलफल लामो हुने भएकाले नगरसभा दुई दिनका लागि राखिएको उहँँले बताउनुभयो । पर्सीको नगरसभा १२ बजेबोट सुरु हुने गुरुङले जानकारी दिनुभयो ।

 




सम्बन्धित
Loading...