देउराली हुप्सेकोट सहरी खानेपानीमा धाराबाट जुका खस्यो (भिडियाे सहित)
प्रिय धन –
९ असार – पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा संचालित देउराली हुप्सेकोट सहरी खानेपानीको धाराबाट जुका आएको पाइएको छ ।
साँझ ६ बजेको समयमा हुप्सेकोट ३ बेलहानी बस्ने राम बहादुर कानुङले धारामा पानी थाप्ने क्रममा बाँटामा जुका भेटिएको जानकारी दिए ।
यस सहरी आयोजनाबाट अहिले पानी शुद्ध नआउने तथा धारामा नियमित पानी समेत नआउने समस्या देखिएको छ । विगत ४ महिना देखि नै नियमित पानी र शुद्ध पानीको समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।
हुप्सेकोट गाउँपालिकाले समेत २ दिन अघि पिउने पानी शुद्ध नभएको भन्दै उमालेर प्रयोग गर्न सुझाव दिएको थियो ।
पानीमा जुका भेटिएको विषयमा खानेपनि संस्थाका अध्यक्ष ओमन सिंह रजाली र सचिव टेकनाथ सिग्देल दुबैको फोन उठेन ।
साविकको देउराली सोतीखोला खानेपानी तथा सरसफाई उपभोकता समिति अहिले करिब ८० करोडको लगानीमा सहरी आयोजनामा प्रवेश गर्दैछ । त्यसका लागि अहिले पाईप बिछ्याउने काम भईरहेको छ ।
देउराली हुप्सेकोट सहरी खानेपानीमा वडा नम्बर १, २ , ३ र ४ का झण्डै ३६०० घरधुरीका परिवार आवद्ध छन् । video