बस दुर्घटना : १ जनाको मृत्यु, ११ घाइते


 




सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा १ जनाको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन् ।

 




हनुमाननगर कङ्कालिनी नगरपालिका–१ पूर्व–पश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कङ्कालिनी मन्दिरबीच ना५ख १८९८ नंको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार करिव ५५ वर्षीय एक व्यक्तिको मृत्यु भएको र उनको सनाखत हुन नसकेकोे उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए ।

 

विराटनगरबाट कटारी जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको थियो ।

 

घाइतेमध्ये उदयपुर कटारी–३ का ७० वर्षीय मानबहादुर तामाङ र उनकी श्रीमती ६९ वर्षीया विष्णुकुमारी तामाङको अवस्था जटिल भएकाले विराटनगर पठाइएको, अन्य ४ जना घाइतेको भारदहस्थित जिल्ला अस्पतालमा र ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

 

बस चालक फरार भएकाले उनको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

 

 




सम्बन्धित
Loading...