सिद्धबाबा सुरुङ निर्माण असोजबाट



सिद्धबाबा सुरुङमार्ग निर्माणको काम आगामी दसैंको आसपासबाट सुरु हुने भएको छ ।

 

सुरुङमार्ग निमार्णका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले डिजाइन आगामी असोजमा बुझाउने र सो डिजाइन हेरेर स्वीकृत गरेपछि निर्माण कार्य सुरु हुने सडक विभागले जनाएको छ ।

 



विभागका महानिर्देशक अर्जुनजंन थापाले भने, “ईपीसी मोडलमा निर्माण गर्न सम्झौता भएको सो सुरुङमर्गमा निर्माण कम्पनीले तोकेको डिजाइन गरेर दिन्छ । हामीले हेरेर स्वीकृत गछौं अनि निर्माणको काम सुरु हुन्छ ।

हाम्रो अनुमानअनुसार सुरुङमार्गको निर्माण दसैंको आसपासमा हुनेछ ।” सुरुङ दुई लेनको र १२ सय मिटरको हुनेछ ।

३ वटा आकाशमिक सुरुङमार्ग निर्माण हुनेछ । एक मुख्य र ३ वटा बाइपास सुरुङमार्ग निर्माण हुने सडक विभागले जनाएको छ ।

 

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।



सम्बन्धित
Loading...