प्रयाङ्कको नाममा महिलालाई अभद्र व्यवहार गर्ने युट्युबर पक्राउ



कावासोती । प्र्याङ्क भिडियो बनाउने भन्दै महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।

 

बदमास केटा नामक युट्युब च्यानल चलाएर बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गरगहना नदिए एसिड हान्छु’ भन्ने हुप्सेकोट–३ नवलपुरका २६ वर्षीय प्रदीप भनिने पूर्णचन्द्र भुसाल पक्राउ परेका प्रहरीले जनाएको छ ।

 



उनलाई साइबर ब्यूरोको टोलीले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले बताए ।

 

उनका अनुसार भुसालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसूरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

 

भुसालले बनाएको भिडियो युट्युबमा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । त्यसपछि प्रहरीले यो घटनामा अनुसन्धान थालेको थियो ।

 

नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले उनलाई सोमबार पक्राउ गरी साइबर व्युरोमा पठाइएको बताए ।

 

 



सम्बन्धित
Loading...
error: Content is protected !!