नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध



चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

 



सोमबार राति पहिरो गएसँगै अवरुद्ध सडक लामो समयको प्रयासपछि २३ घण्टा पछि सञ्चालनमा आएको थियो ।

संचालनमा आएको केही समयमा नै पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार बिहान साढे २ बजे सो स्थानमा पहिरो खसेको हो ।

अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको छ । सडक अबरुद्ध हुँदा यात्रुहरू सडकमै अलपत्र परेका छन् ।



सम्बन्धित
Loading...