किशाेरीहरूले गरे यौन तथा प्रजनन स्वास्थ्यका बारेमा खुलेर छलफल



आज अगष्ट १२, आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा र विश्वमा नै विभिन्न कार्यक्रमहरु गरी मनाइएकाे छ ।  यसै सन्दर्भमा नवलपुर कावासोतीका किशोरीहरुले समुदायस्तरका किशोरीहरु र आमा समुहका प्रतिनिधीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा अभिमुखीकरण गर्दै यो दिवस मनाएका छन् ।

 

कावासोतीमा जागृति बाल तथा युवा सरोकार नेपालद्धारा संचालीत किशोरी शसक्तिकरण कार्यक्रमका किशोरीहरुले आज कावासोती नगरपालिका वडा नं. १५ मा यौन तथा प्रजनन स्वास्थ्यको बारेमा अभिमुखीकरण र छलफलको आयोजना गरेका छन् ।

 



आज पनि समुदायस्तरमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा खुल्ला रुपमा छलफल नगर्ने प्रचलन रहेकोले सो न्युनिकरणको लागि बालबालिका, युवा र समुदायका अगुवाहरु सहीतको अन्तरपुस्तालाई लक्षित गरी स्वयम किशोरीहरुद्धारा नै सो अभियान सुरु गरेको किशोरी शसक्तिकरण कार्यक्रमकी सहजकर्ता राधादेवी बोटेले बताउनुभयो ।

 

आज पनि बच्चा जन्माउने विषयमा समय र जन्मान्तरमा महिलाहरुको समेत अधिकार रहेको स्थानीय स्तरमा रहेकालाई थाहा छैन, त्यसकारण हामी आजका किशोरीहरु र भोलीका आमाहरुलै नेतृत्वमा ल्याई यो विषयमा खुल्ला रुपमा बहस र पैरवीको लागि पहल गरेको उहाँले बताउनुभयो ।

सुरु सुरुमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा महिलाहरुको समेत समान अधिकार रहेको र यो खुल्ला बहस र छलफल गर्नुपर्दछ भन्दा सवैले हाँसेर नसुन्ने प्रचलन रहेको र उल्टो विभिन्न उपनाम र विम्बहरु प्रयोग गरेर जिस्काउने गरेका समुदायका मानिसहरु र साथिहरुले आजकल केही समस्याहरु आयो आफुलाई भन्ने गरेको कावासोती ९ निवासी किशोरी अभियन्ता मान्सु न्यौपानेले बताउनुभयो ।

आजको कार्यक्रममा आफ्नै उमेर समुहका किशोरीहरुले महिनावारी सरसफाई र यौन तथा प्रजननका बारेमा जानकारीहरु दिँदा मज्जाले आफ्नो पहिलो महिनावारी र आफुले नजानेको विषयहरु सोध्न पाएकामा निकै खुसी लागेको कार्यक्रममा सहभागि किशोरी सुभेच्छा पाण्डेले बताउनुभयो । महिनावारी प्राकृतिक प्रकृया रहेकोले यसको बारेमा खुल्ला बहस र सचेतना आवश्यकता रहेको उहाँँले बताउनुभयो ।

महिनावारी, यौन र बच्चा जन्माउने विषय त गफ नै गर्न नहुने जस्तो गर्नेहरु अहिले परिवर्तन भएको देख्दा र आफुलाई पनि सोध्दा समाज परिवर्तनशिल हुँदै रहेको कावासोती १५ निवासी अर्की किशोरी अभियन्ता सविना पाण्डेले बताउनुभयो ।

 

जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्ँडसँगको साझेदारीमा कावासोतीका १७ वडामा ३५ जना १३ देखी १९ उमेर समुहका किशोरीहरुलाई विभिन्न विषयको तालिमहरु प्रदान गरी उनीहरुको मार्फतबाट समुदाय र विद्यालयस्तरमा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेका छन् ।

आजको कार्यक्रममा समुदायस्तरका किशोर किशोरीहरु र आमा समुहका ३५ जनाको सहभागिता रहेको थियो । सो कार्यक्रममा किशोरी अभियन्ताहरु मान्सु न्यौपाने, सविना पाण्डे, खिमा मुसहर र ओमकला बोटेले सहजिकरण र छलफल गर्नुभएको थियो ।

 



सम्बन्धित
Loading...
error: Content is protected !!