महेशपुर भन्सारः लक्ष्यभन्दा कम राजश्व





रामकरण हरिजन –

परासी । पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले वार्षिक लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ ।




आर्थिक बर्ष २०७८।०७९ मा महेशपुर भन्सार कार्यालयको वार्षिक लक्ष्य ४५ करोड राज्शव संकलन गर्ने लक्ष्य रहेको भए पनि २२ करोड ३३ लाख मात्र राजश्व संकलन भएको छ ।

०७८ साउन महिनादेखि ०७९ असार सम्मको २२ करोड ३३ लाख ४५ हजार ४ सय ६८ रुपैया राजश्व संकलन भएको छ ।

जस अन्तरगत १२ करोड ५१ लाख ७६ हजार ८ सय २८ रुपैया मुल्य बराबरको भारतबाट ल्याउनु पर्ने आवश्यक मालसमान भन्सारमा आयातबाट राजश्य संकलन भएको छ ।

 

त्यसैगरी कृषि सामग्री मल, विउविजनबाट ४ करोड १६ लाख ९७ हजार ७ सय ६ रुपैया, तेस्रो देशबाट १५ लाख २७ हजार रुपैयाँ, प्रशासनिक सेवा दस्तुरबाट २ लाख ३६ हजार रुपैया राजश्व संकलन भएको छ ।

 

जसमा जेठ महिनाको मात्र ७७ लाख ७७ हजार ३ सय ५२ रुपैया भन्सार कार्यालयले राजश्व संकलन गरेको छ ।

त्यस्तै पैठारी अन्त शुल्क २८ लाख ८७ हजार ५ सय ६१ रुपैयाँ, मुल्य अभिबृद्धिकरबाट ४ करोड ८० लाख ९४ हजार ७८ रुपैया, आय करबाट ३८ लाख १० हजार ४ सय ९५ रुपैया राजश्व संकलन भएको छ ।

महेशपुर भन्सार कार्यालयको वार्षिक लक्ष्य ४५ करोड राज्शव संकलन गर्ने लक्ष्य रहेको थियो तर भारतबाट नेपालमा सामानहरु ल्याउनको लागि बैंकिङ कारोबार लागु भएपछि अहिले ब्यपारीहरुले कारोबार गर्न छोडेका छन भन्सार कार्यालयको पर्खाल भित्र मालवाहक गाडीहरु पार्किङ गर्ने ब्यवस्था नरहेको र बाटोको पनि समस्या रहेकोले भारतीय मालवाहक गाडीहरु आउन जान छोडे पछि महेशपुर भन्सार कार्यालयमा राजश्व संकलन नभएपछि लक्ष्य अधुरो भएको सुचना अधिकारी कृष्ण प्रसाद घिमिरेले जानकारी दिए।

 




सम्बन्धित
Loading...