पौडी खेल्ने क्रममा डुबेर मृत्यु





पौडी खेल्ने क्रममा डुबेर दाङमा एक जना युवाको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुर बुका गाउँका २६ वर्षीय निराजन पोखरेलको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।




जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेका अनुसार साथीहरूसँग पौडी खेल्न गएका पोखरेलको डुबेर मृत्यु भएको हो।

अर्जुन खोला र मसोट खोलाको दोभानमा पोखरेलसहित तीन जना शनिबार पौडी खेल्न गएका थिए।

नुहाउने क्रममा डुबेर बेपत्ता भएका पोखरेलको शव खोंचमा अड्किएको अवस्थामा फेला परेको हो।

पोखरेल बेपत्ता भएलगत्तै सशस्त्र प्रहरीलगायतले खोजी गरेका थिए।

बेपत्ता दुई किशोरी अझै भेटिएनन्

 

दुई दिनदेखि महाकाली नदीमा बेपत्ता भएका दुई किशोरी अझै भेटिएका छैनन् ।

बैतडीको दशरथ चन्द नगरपालिका–८ सांगडीका १५ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा अझै फेला नपरेको प्रहरीले जनाएको छ ।

उनीहरूको खोजीका लागि महाकाली नदी क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिए पनि उनीहरु भेटिएका छैनन् ।

उनीहरू शुक्रबार दिउँसो २ बजे नुहाउने क्रममा महाकाली नदीको मौराबाट बेपत्ता भएका थिए । उनीहरूलाई खोज्न महाकाली नदी तटीय क्षेत्रको बैतडीसहित डडेलधुरा र कञ्चनपुरका साथै भारतीय सीमा सुरक्षा बललाई पनि अनुरोध गरिएको जनाइएको छ ।

दुवै किशोरी राजकीय इन्टरकलेज झुलाघाट भारतमा कक्षा १० मा अध्ययन गर्दै थिए ।




सम्बन्धित
Loading...