अब नेपाल टेलिकमको भ्याइस प्याक भारतमा पनि


 




टेलिकमले भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक बुधबारदेखि उपलब्ध गराएको छ ।

 

यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनौट गरी प्रयोग गर्न सकिने कम्पनीले बताएको छ।

 


दैनिक अफरअन्तर्गत २४ घण्टामा १७ मिनेट कुराकानी गर्न सकिने प्याक ५९ रुपैयाँमा उपलब्ध छ।

 

त्यसैगरी, साप्ताहिक अफर अन्तर्गत ७ दिनसम्म ७५ मिनेट र मासिक अफर अन्तर्गत ३० दिनसम्म दुई सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरू क्रमशः २५९ रुपैयाँमा र ७५९ रुपैयाँमा उपलब्ध छन्।

 

एक्सेस कोडहरू ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिने कम्पनीले जनाएको छ।

 

यो प्याकेज खरिद गर्नका लागि आफ्नो मोबाइलबाट एस्ट्रिक१४१५ह्रयास डायल गरी ७ नम्बर छनौट पछि किन्न सकिने कम्पनीले बताएको छ।

 

कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यो सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने व्यवस्था छ।

 

त्यसैगरी, कम्पनीको वेबसाइट मार्फत यो सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने कम्पनीले बताएको छ।

 




सम्बन्धित
Loading...