अमिताभ बच्चनलाई पुनः कोरोना संक्रमण



बलिउड अभिनेता अमिताभ बच्चन दोस्रो पटक कोरोना संक्रमित भएका छन्। बच्चनले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको हो।

उनले आफूसँग निकट रहेका र सम्पर्कमा रहेका सबैलाई कोरोना परीक्षण गराउन अपीलसमेत गरेका छन्।



यसअघि सन् २०२० को जुलाईमा बच्चन परिवारलाई नै कोरोना संक्रमण भएको थियो।

पछिल्लो समय भारतमा कोरोना संक्रमण बढ्दो क्रममा छ। पछिल्लो २४ घन्टामा भारतमा १६ हजार ५६१ जनामा संक्रमण देखिएको छ।

यस्तै भारतमा ओमिक्रोनको नयाँ भेरियन्टसमेत फेला परेको छ।



सम्बन्धित
Loading...
error: Content is protected !!