परासीमा शिक्षकको कुटाईले विद्यार्थीको कानको जाली फुटयो



नवलपरासी। पश्चिम नवलपरासी सदरमुकाम परासी स्थित एउटा निजी विद्यालयमा शिक्षकको कुटाईबाट विद्यार्थीको कानको जाली फुटेको छ ।

घरमा गर्न दिएको गृहकार्य नगरेको भन्दै रामग्राम नगरपालिका वार्ड नम्बर ४ बैरिहवा स्थित एउटा निजी विद्यालय हिलेरियस चिल्डे«न एकेडमीका शिक्षक आलम सिद्धकीले कक्षा ५ मा अध्यनरत बालक निखिल कोहारलाई कक्षाकोठामा पिटेर बालकको कानको जाली फुटे पछि बालकलाई अस्पताल भर्ना गरीएको बालकका बुवा गंगा प्रसाद कहारले बताउनु भएको छ ।



करिब एक महिना पहिला कक्षा ५ मा अध्यनरत १२ वर्षीय बालक निखिल कोहारलाई शिक्षक आलम सिद्धकीले गृहकार्य नगरेको भन्दै कानमा लाग्ने गरी चार झापड पिटे पछि बालकको कानबाट रगत आएको थियो ।

 

बालकलाई कक्षामा शिक्षकले पिटेर कानबाट रगत आएको खबर पाए पछि बालकका बुवा गंगा प्रसाद कोहार विद्यालय पुगी बालकलाई घर ल्याउनु भएको थियो ।

 

विद्यालय प्रशासनले बालकको कानबाट रगत आउदा समेत सामान्य उपचार पनि नगरी बालकलाई दिन भरी विद्यालयमा राखेको र पछि अविभावक गएर सामान्य उपचार गराएको बालकका बुवा गंगा प्रसाद कोहारले बताउनु भयो ।

सामान्य होला भन्दै स्थानिय मेडिकलमा उपचार गरी रहदा बालकको काममा चर्को दुखाई र रगत पिप आउने क्रम नरोकिए पछि बुधवार बालकलाई बुटवल स्थित तिनाहु ईन्टरनेशनल अस्पतालमा भर्ना गरिएको बालकका ठुला बुवा रामजी कोहारले बताउनु भयो । शिक्षकको पिटाईबाट घाईते भएको बालकको बायाँ तर्फको कानको जाली फुटेको बताईएको छ ।

विद्यालय प्रशासनले सामान्य रुपमा उपचार नभएको भनि परिवारले विरोध गरे पछि विद्यालय प्रसासनले कोहार परिवारको चार जना बालबालिकाहरुलाई विद्यालयबाट निस्कासन गरेको पिडित बालकका ठुलाबुवा रामजी कोहारले बताउनु भयो ।

कोहार परिवारको घाईते बालक सहित कक्षा ७, ९, ५ मा पढने बालबालिकाहरुलाई विद्यालय प्रशासनले अब आईन्दा विद्यालय नआउनु भन्दै विद्यालयबाट निष्कासित गरेको बताईएको छ । विद्यालयबाट कुनै पनि विद्यार्थीलाई ननिकालिएको हिलेरियस चिल्डे«न एकेडमीका प्रधानाध्यापक जनार्दन ठाकुरले बताउनु भएको छ ।

 



सम्बन्धित
Loading...
error: Content is protected !!