पल शाहको मुद्दाको पेशी आज



अभिनेता पल शाहको मुद्दाको पेशी आज तोकिएको छ । नाबालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो ।

अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ ।



उनका अनुसार मुद्दाको फैसला अन्तिम चरणमा रहेकाले शाहलाई थुना मुक्त गरेर मुद्धा लडन सक्ने तथा थुनामा रहनु पर्ने दुवै मध्य एक खाले फैसला आउन सक्नेछ ।

गत ३० चैत देखी थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन ।



सम्बन्धित
Loading...
error: Content is protected !!