नारायणगढ-मुग्लिन सडक आठ घन्टापछि सञ्चालनमा





पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड आठ घन्टापछि पुनः सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका– २९ केराबारी र १८ किलोमा पहिरो खस्दा आज बिहानदेखि सो सडक दुईतर्फी नै अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार रोकिएका सवारीसाधनहरू पहिरो पन्छाएसँगै गन्तव्यतर्फ लागेका छन् । पहिरो पन्छाउन दुई लोडरसहित एक्स्काभेटर प्रयोग गरिएको थियो ।







सम्बन्धित
Loading...