राजस्व कार्यालय कावासोतीद्धारा २ महिनामै ४ अर्व ३१ करोड राजस्व संकलन





नवलपुर । आन्तरिक राजस्व कार्यालय कावासोती नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा ४ अर्व ३१ करोड ११ लाख राजस्व संकलन गरेको छ ।

साउन र भदौ महिनामा ३ अर्ब ८३ करोड १६ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ४ अर्व ३१ करोड ११ लाख राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय कावासोतीका प्रमुख कर अधिकृत ज्ञानहरी पन्थीले उज्यालो खबरलाइ जानकारी दिनुभयो । उहाँका अनुसार सो रकम कार्यालयको लक्ष्यभन्दा ११२.५१ प्रतिशत बढी हो ।




कार्यालयले आयकर शीर्षकमा रु ७ करोड ११लाख , मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकमा ५ करोड ९० लाख ब्याज शीर्षकमा रु १ करोड २४ लाख र स्वास्थ्य सेवा शीर्षकमा रु ७६ लाख राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा लक्ष्य प्राप्तिका लागि बजार अनुगमन, करदाता शिक्षा, करदातालाई उपलव्ध छुट सुविधाका सम्वन्धमा कार्यालयले निकै मेहनतका साथ काम गरेको पाइएको छ ।आफ्नै भौतिक संरचना नहुनु तथा दरबन्दी अनुसारका कर्मचारी नहुनु आन्तरिक राजस्व कार्यालय कावासोतीका प्रमुख समस्यामा रुपमा देखिएका छन् ।




सम्बन्धित
Loading...