बुलिङटार – ५ भदौरीमा असोज १० गतेदेखि खुला पुरुष भलिबल प्रतियोगिता हुने



कावासोती । नवलपुरको बुलिङटार गाउँपालिका ५ भदौरीमा वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
नेपालीहरूको महान पर्व जमरेऔँशी ( घटस्थापनाको ) अवसर पारेर सूर्यज्योति युवा क्लब भदौरीको आयोजनामा प्रतियोगिता हुन लागेको हो । यदि असोज १० गतेदेखि सुरु हुने प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार शिल्ड , मेडल , प्रमाणपत्र प्राप्त गर्नेछ , दोश्रो हुनेले नगद २० हजार शिल्ड , मेडल , प्रमाणपत्र प्राप्त गर्नेछ , तेश्रो हुनेले नगद १० हजार शिल्ड , मेडल , प्रमाणपत्र प्राप्त गर्नेछ । भने , उत्कृष्ट खेलाडीलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ । साथै सोही अवसर पारेर स्थानीय झाँकी नाच , सोरठी , झ्याउरे र मगर समुदायको कौडा नृत्य र पञ्चेबाजा सहित विविध सांस्कृतिक कार्यक्रम हुने क्लबका अध्यक्ष पूर्ण थापाले जानकारी दिनुभयो ।
कार्यक्रम असोज १० गते बिहान १० बजेदेखि सुरु हुने जनाईएको छ । भदौरीमा रहेको उदय माविको प्राङ्गणमा कार्यक्रम हुने अध्यक्ष थापाले बताउनुभयो ।
खुला भलिबल प्रतियोगितामा सहभागि हुन दर्ता शुल्क १५ सय रुपैयाँ तोकिएको छ ।



सम्बन्धित
Loading...
error: Content is protected !!