जापानले अक्टोबर ११ देखि विदेशी पर्यटकको संख्यामा लागू सीमा हटाउने


@‚Q‚Q“úA•Äƒjƒ…[ƒˆ[ƒN‚Å‹LŽÒ‰ïŒ©‚·‚éŠÝ“cŽñ‘Ši‘ã•ŽB‰eE‹¤“¯j



जापानले भिसा–रहित तथा स्वतन्त्र पर्यटकलाई पनि आफ्नो सिमाना खुलाएको छ । साथै अक्टोबर ११ देखि दैनिक देश प्रवेश गर्ने विदेशी आगन्तुकको संख्यामा लागू सीमा पनि हट्ने जापानका प्रधानमन्त्री फुमियो किशिदाले घोषणा गरेका छन् । यी नियम लागु भएसँगै जापान सरकारले कोभिड–१९ संक्रमणको विस्तार रोक्न अढाई वर्षअघि लागू गरेका लगभग सबै नियमहरु हट्नेछन् ।

जापान सरकारले कोभिड–१९ को संक्रमणका कारण स्थगित भएको राष्ट्रव्यापी यात्रा छुट कार्यक्रम पनि अक्टोबर ११ बाट सुरु गर्ने भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्कमा रहेका किशिदाले त्यहीबाट यी महत्वपूर्ण घोषणा गरेका हुन् । ‘धेरै मानिसहरूले नयाँ नीतिको फाइदा लिनेछन् भन्ने मेरो आशा छ ।


म कोरोनाभाइरसले निम्त्याएको महामारीमा सबैभन्दा प्रभावित यातायात, मनोरञ्जन र अन्य उद्योगहरूलाई सहयोग गर्न चाहन्छु,’ प्रधानमन्त्री किशिदाले पत्रकार सम्मेलनमा भने । जापानले जुन महिनादेखि पर्यटकहरूलाई देश प्रवेश दिन थालेको थियो । पहिलो चरणमा गाइड भएका पर्यटकको लागि मात्र सीमा खोलिएको थियो ।

सेप्टेम्बर ७ देखि सरकारले दर्ता गरिएका ट्राभल एजेन्सीमार्फत विमान तथा होटल बुक गर्ने गाईड–बिनाका पर्यटकहरूलाई सिमाना खुलाइयो । तर ती मार्ग धेरै विदेशी पर्यटकहरूमाझ अलोकप्रिय भएपछि पर्यटन उद्योगले सरकारलाई प्रतिबन्ध हटाउन दबाब दिइरहेको थियो ।–जापान टाइम्सबाट




सम्बन्धित
Loading...