बिजयदशमीकाे अवसरमा शुभकामना आदानप्रदान तथा खेलकुद कार्यक्रम





बिजयदशमीकाे अवसरमा आज नवलपुरका कावासाेती वडा ९ मा रहेकाे वडा प्रबधन प्रष्तिठानले शुभकामना आदानप्रदान कार्यक्रम तथा विभिन्न खेलकुद कार्यक्रम गरेकाे छ।

कार्यक्रमकाे जेष्ठ नागरिक बमबहादुर जिसीले उद्घाटन गरेका थिए ।




कावासाेती आधारभूत विद्यालयमा भएकाे कार्यक्रममा घैंटाे फुटाऊने प्रतियाेगिता, मिठाई दाैड, चम्मा दाैड प्रतियाेगिताहरु गरिएकाे थियाे ।

प्रतियाेगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुस्कार समेत वितरण गरिएकाे वडा प्रवधन प्रतिष्ठानका सचिव बाबुराम के सीले बताए ।

कार्यक्रमका अध्यक्ष वठा प्रवद्धन प्रतिष्ठानका उपाध्यक्ष प. विष्णुप्रसाद पाेख्रेलले प्रतिष्ठानले वडामा हुने सामाजिक विकृति बिसंगति सम्बन्धि जनचेतना जगाउदै अगाडि बढने जनाए ।

कार्यक्रममा जनप्रतिनिधि वडा सदस्य डम्बरबहादुर महताे लगायतले मन्तव्य राखेका थिए ।

खेलकुद कार्यक्रम सन्चालन स्थानी दिप्रेन्द्र पाैडेलले गरेका थिए भने कार्यक्रम सन्चालन वडा प्रबधन प्रतिष्ठानका सचिव बाबुराम के सी ले गरेका थिए।




सम्बन्धित
Loading...