नवलपुरमा राजु सुवेदीकाे नेतृत्वमा अनलाइन एशाेसियसन गठन



कावासोती —

नवलपुर जिल्लामा अनलाइनमा क्रियाशिल पत्रकारहरुको भेला शनिबार राजु सुवेदीको नेतृत्व १५ सदस्यीय अनलाइन मिडिया एशोसियशन गठन गरेको छ ।



शनिबार जिल्लाका डेढ दर्जनभन्दा धेरै अनलाइनका प्रतिनिधि भएर अनलाइन मिडिया एसोसिएसन गठन गरेका छन् । राजु सुवेदीको नेतृत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

जिल्लाका अन्लाइनहरुलाइ पारदर्शिता र अझ जिम्मेवारी हुन प्रेरित गर्न र अनलाइनको प्रभबकारिता बढाउन पनि जिल्लाका अनलाइन हरु एक हुन आवस्यक रहेको क्रान्तिकारी पत्रकार महासंघ केन्दृय उपाध्यक्ष तथा दाउन्ने अन्लाइनका प्रबन्ध रामकुमार श्रेष्ठले बताए ।

१५ सदस्यीय तदर्थ समितिमा अध्यक्ष राजु सुवेदी, उपाध्यक्ष अर्जुन अबिरल, सचिब निश्चल गौडेल , सहसचिब तिर्थराज काफ्ले, कोषाध्यक्ष शुस्मा सुनार रहेकी छिन ।

त्यसैगरी सदस्यहरुमा खगेन्द्र पराजुली, धन प्रसाद पाण्डे (पृय धन), ओमकार घिमिरे, सिर्जना पौडेल, निशा भण्डारी, सतिस राई, समर रानाभाट, शिखा कुवर, शारदा भट्टराई, राजकुमार श्रेष्ठ रहेका छन् ।

यो अन्लाइनहरु समेट्ने पहिलो खुड्किला मात्र रहेको र जिल्लाका सबै अन्लाइनहरुलाइ समेटेर साझा सस्था बनाउने अध्यक्ष राजु सुबेदीले बताए ।



सम्बन्धित
Loading...
error: Content is protected !!