नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः सेपाक्ताक्रोको ३ विधाको फाइलन सकिंदा ३ विधामै सेनालाई स्वर्ण





रामकुमार श्रेष्ठ —

नवलपरासी, ३१ असोज ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पूर्वी नवलपरासीको कावासोतीमा जारी सेपाक्ताक्रो खेलको ६ वटा विधा मध्ये ३ वटा विधाको फाइलन चरणका खेल सकिंदासम्म ३ वटै विधामा नेपाली सेनाले स्वर्ण पदक हात पारेको छ ।




खेलकुदका मुख्य रेफ्री रामबहादुर थापाका अनुसार सेपाक्ताक्रोको डबल भेट्रेन्स महिला, डबल भेट्रोन्स पुरुष र महिला रेगु तर्फ गरी ३ वटै विधामा नेपाली सेना प्रथम भएको छ ।

त्यसैगरी पुरुष रेगुतर्फ पनि नेपाली सेना फाइनलमा पुगेको छ । पुरुष रेगुतर्फ गण्डकी प्रदेश पनि फाइनलमा पुगेको छ । तर फाइन खेल भने कात्तिक २ गते गरिने मुख्य रेफ्री रामबहादुर थापाले बताए ।

त्यसैगरी महिला रेगुतर्फ गण्डकी प्रदेश दोस्रो र बाग्मती प्रदेश तेस्रो भएको छ भने डलब भेट्रेन्स महिला तर्फ बाग्मती प्रदेश द्वितीय, गण्डकी प्रदेश तृतीय, डबल भेट्रेन्स पुरुष तर्फ प्रदेश १ द्वितीय र बागमती प्रदेशको टिम तृतीय भएको छ ।

सोमबारबाट सेपाक्ताक्राको क्वार्ड पुरुष र क्वार्ड महिलाको प्रथम चरणका खेलहरु शुरु भएका छन् ।
नवलपुरको कावासोतीमा कुस्ति प्रतियोगिता पनि भईरहेको छ ।




सम्बन्धित
Loading...