कुस्तीका स्वर्ण पदक विजेता कावासोतीको सडकमा अलपत्र, व्यवस्थापक पोखरामा मस्त
नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी सुदूरपश्चिमका कुस्ती खेलाडी नवलपुरको कावासोती स्थित महेन्द्र राजमार्गमा अलपत्र परेका छन ।
खेलकुदमा सहभागी भएर घर फर्किन लागेका कुस्ती खेलाडी र प्रशिक्षक सहित २२ जना बाटोमा अलपत्र परेका हुन ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले खेलाडीहरुको आवतजावतको व्यवस्थापन गर्न धनगढीका करातेका प्रशिक्षक हिक्मत गुरुङलाई जिम्मेवारी दिएको भएपनि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद र जिल्ला खेलकुद समिति कञ्चनपुरको लार्पबाहीले खेलाडी बाटोमै खलपत्र परेका हुन । कुस्ती खेलाडीहरुले कुस्तीमा सुदूरपश्चिमलाई पाँच स्वर्ण एक रजत र तीन कास्य दिलाएका थिए ।
कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले सुदूरपश्चिम फर्किन यातायात आउने आशमा राजमार्गमा कुरेर बसेको बताए । २२ जना सम्मिलित कुस्ती टीममा कतिपय खेलाडी घाईते पनि छन । त्यसैगरी जिल्ला खेलकुद विकास समिति र उक्त कार्यालयका कार्यालय प्रमुख गोपाल दत्त भट्टको गम्भीर लार्पबाहीका कारण कञ्चनपुरबाट नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीहरुले गण्डकी प्रदेशमा निकै दुःख समेत झेल्नु परेको खेलाडीहरुको गुनासो छ ।
खेलकुदमा सहभागी भएर सुदूरपश्चिम आउने अधिकांश खेलाडीहरु व्यवस्थापनको लार्पबाहीका कारण बाटोमै अलपत्र परेका छन । व्यवस्थापनको लार्पबाहीका कारण खेलकुदमा सहभागी हुन जादा कतिपय खेलाडीहरु अत्तरियामा अलपत्र परेका थिए । खेलाडीहरु जानु अघि नै व्यवस्थापकिय जिम्मेवारीबाट पन्छिएर कञ्चनपुर खेलकुद व्यवस्थापन समितिका अध्यक्ष कुबेर खड्का र कार्यालय प्रमुख भट्ट खेलाडीहरु प्रतियोगितामा जानु अघि गैर जिम्मेवारी पन देखाउदै गएपछि खेलजगतमा उनीहरुको चर्को आलोचना भएको थियो ।
हाल पोखरामा रहेका व्यवस्थापकिय जिम्मेवारीमा रहेका कुनै पनि व्याक्ति फोन सम्र्पकमा आएका छैनन । पश्चिम प्रेसले कञ्चनपुर खेलकुद व्यवस्थापन समितिका कार्यालय प्रमुख भट्टलाई यस विषयमा जानकारी लिन पटक पटक फोन गरे पनि उनले फोन रिसिभ गरेनन ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले यहाँबाठ नवौमा सहभागी हुने खेलाडीको व्यवस्थापनको जिम्मेवारी पाएका व्याक्तिहरु पा्रय सबै पोखरामा रम्दैछन ।
विजेताले पाउने नगद पुरस्कार समेत नपाएका कारण उनीहरु थप अलपत्र परेका छन् । स्वर्ण पदक विजेताले नगद २५ हजार पाउने बताइए पनि नगद नआइपुगेको भन्दै आयोजकले विजेतालाई पछि खातामा रकम पढाइदिने भन्दै विदा गरेको थियो ।