कावासाेती नगरपालिकाले प्रकाशन गर्याे कवि दिपक सोतीको कविता संग्रह



कावासोती । कवि एवं साहित्यकार दिपक सोतीको कविता संग्रह विमोचन गरिएको छ । आइतबार नवलपुरको कावासोतीमा कवि सोतीको कविता संग्रह विमोचन गरिएको हो ।

कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले सोतीको कविता संग्रह ‘दिपक सोतीका केहि कविताहरु’को विमोचन गर्नुभएको हो ।



म्याउँ म्याउँ विराली कविताका रचयिता समेत रहनुभएका दिपक सोतीको आठौं कृतिका रुपमा कवितासंग्रह विमोचन गरिएको हो । कावासोती निवासी साहित्यकार दिपक सोती लामो समयदेखि साहित्य क्षेत्रमा लाग्दै आउनुभएको छ । उमेरले ७३ वर्ष पुगेपनि उहाँ अझै साहित्य लेखनमा तल्लिन हुने गर्नुभएको छ ।

कवि एंव साहित्यकार दिपक सोतीको कविता संग्रह कावासोती नगरपालिकाले प्रकाशन गरेको हो । नगरपालिकाले नगर भित्रका अग्रज साहित्यकारको सम्मान र साहित्य क्षेत्रको विकासका लागि सोतीको कविता संग्रह प्रकाशन गरेको नगर प्रमुख भुसालले बताउनुभयो । कार्यक्रममा बाेल्दै नगर प्रमुख भुषालले साहित्यले समाजको यथार्थ चित्रण गर्ने बताउनु भएको छ । साहित्यले समाजको विकासक्रम र सत्यतथ्य घटनाको यथार्थ चित्र प्रस्तुत गर्ने नगर प्रमुख भुसालले बताउनुभयाे ।

उहाँले तत्कालीन समयको सामाजिक अवस्था, समृद्धि, राजनीति, ज्ञानविज्ञानका कुराको प्रतिविम्व सम्बन्धित विषयसँग सम्बन्धित पुस्तकले भन्दा साहित्य र साहित्यका पात्रहरुले साँचो अर्थमा दिने उल्लेख गर्नुभयो । जिल्लामै पहिलो पटक कावासोती नगरपालिकाले कवि दिपक सोतीको आठौँ कृति प्रकाशन गरेको हो ।

१०१ पृष्टको कविता संग्रहमा कवि सोतीका ६४ वटा कविताहरु समावेश गरिएको छ । वि.सं.२०२७ साल देखि पाण्डुलिपिका रुपमा रहेका कविताहरु कृतिमा समावेश गरिएका छन् । नगरपालिकाले आफ्ना कविताहरु समेटि कविता कृतिका रुपमा प्रकाशन गरेकोमा कवि सोतीले नगरपालिका परिवारलाई धन्यवाद दिनुभयो ।

वडा नम्बर १२ का वडा अध्यक्ष दिपेश खनालले कवि सोती कावासोती मात्रै नभएर देशकै गहना भएको बताउनुभयो । साहित्य क्षेत्रको उजार र विकासमा नगरपालिकाले खेलेको कमद सकारात्मक भएको किव लोकनाथ खरेलले बताउनुभयो ।

आज कावासोतीमा विमोचन कार्यक्रम नगर प्रमुख विष्णु प्रसाद भुसालको अध्यक्षता र तीर्थ कंडेलको संचालन , शिक्षा अधिकृत राजन पाण्डेको स्वागतमा भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डे, विभिन्न वडाका वडा अध्यक्षहरु ,साहित्यकार लगायतको सहभागिता रहेको थियो ।



सम्बन्धित
Loading...
error: Content is protected !!