चितवनमा शंकास्पद वस्तु फेला





चितवन ।

चितवनको भरतपुरमा सडकमा शंकास्पद वस्तु भेटिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध छ । मंगलबार दिउँसा भरतपुरको चितवन मेडिकल कलेजको गेट नजिकैको सडकमा शंकास्पद बस्तु भेटिएको हो ।




जिल्ला प्रहरीका अनुसार साढे दुई बजेतिर शंकास्पद बस्तु भेटिपछि चौविस कोठी र बिरेन्द्र क्याम्पस विचको राजमार्ग सिलगरिएको छ ।

उक्त बस्तु बम हुन सक्ने आशंकामा प्रहरीले राजमार्ग सिल गरेर सवारी साधनलाई वैकल्पिक बाटोबाट पठाइरहेको हो ।




सम्बन्धित
Loading...