नवलपुर बस दुर्घटना अपडेट, मृतक ५ जनाकाे सनाखत, घाईते ३० जना अस्पताल लगियाे

नवलपुर बस दुर्घटना अपडेट, मृतक ५ जनाकाे सनाखत, घाईते ३० जना अस्पताल लगियाे

रामकुमार श्रेष्ठ –
नवलपरासी – पूर्वी नवलपरासीमा बस दुर्घटनामा परि ५ जनाकाे निधन भएकाे छ भने ३० जना घाईते भएका छन् ।



पाल्पाकाे रम्भा गाउँपालिकाकाे हुगिबाट मनकामना दर्शनको लागि जादै गरेको ना ६ ख ७५८० नम्बरकाे बस बुलिङ्गटार-२, डाडाझेरीको मथारमा दुर्घटना हुँदा ५ जनाकाे घटना स्थलमै निधन भएकाे हाे ।

दुर्घटनामा परी बसमा सवार ३५ जना मध्य ५ जनाकाे निधन भएकाे र बाँकी ३० जना सबै घाईते भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ ।



बस कालीगण्डकी काेरीडाेरकाे सडकबाट १०० मिटरतल खसेकाे थियाे ।

दुर्घटनामा परी पाल्पाकाे रम्भा गाउँपालिका १ निवासी ४१ बर्षीया तारा विक, १७ बर्षीय विनयी विक, ६२ बर्षीय धनी विक, ५८ बर्षीय देवी गाहा र स्याङ्जाकाे गल्याङ १ बेलचाैर निवासी ४५ बर्षीया फूलमाया माझीकाे घटना स्थलमै निधन भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक सन्ताेष पाठकले बताए

घाईतेहरूकाे उद्दार गरि उपचारकाे लागि भरतपुर तर्फ पठाएकाे छ ।



सम्बन्धित
Loading...
error: Content is protected !!